नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7223 · वि.सं. २०६०

नि.नं. 7223 — आर्थिक ऐन, २०५८ को दफा १० को अनुसूची ६ को दफा ४२(१) र ४२(३) संविधानसंग वाझिएकोले अमान्य र बदर घोषित गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नियमित करदाताहरु बीच पनि असमान व्यवहार भएको भन्ने वा स्वयं आय घोषणाद्वारा कर तिर्नेहरु बीच पनि फरक फरक व्यवस्था गरिएको भन्ने निवेदन जिकिर नदेखिनुका साथै त्यसप्रकारको व्यवस्था गरेको देखिन नआएको र कर प्रयोजनको लागि करको दायराभित्र पर्ने व्यक्तिहरुलाई करको दायराभित्र कसरी पार्ने भन्ने प्रश्न वा बिषय नीतिगत बिषयको कुरा भएको र श्री ५ को सरकारद्वारा सोही नीतिगत कुरा कार्यान्वयनको लागि स्वयं घोषणाद्वारा आयकर तिर्ने व्यवस्था गरेको देखिन आउंदा स्वयं घोषित आयको करदाता र नियमित करदाताका वीच असमान भएको भनिं करदाताहरु स्वयंवाट यस्तो प्रश्न उठाई अदालत प्रवेश गरेको अवस्था नदेखिने । (प्र.नं. १३) § तत्कालीन आयकर ऐन, २०३१ र प्रचलित आयकर ऐन, २०५८ कर प्रयोजनका लागि जारी भएको र सो ऐनको उद्देश्य परिपूर्तिको लागि आयकर ऐन, २०३१ को दफा ५३ र आयकर ऐन, २०५८ को दफा ७४ र दफा ८४ ले कर सम्बन्धी कारोवारमा करदाताको अधिकार सुनिश्चित गरी त्यस्तो कर सम्बन्धमा भएका कामकुरासंग सम्वन्धित कागजात र जानकारी गोप्य रहने र राख्नु पर्ने व्यवस्था गरेकोले त्यसरी कुनै खास ऐनले खास उद्देश्य परिपूर्तिको लागि कुनै विशेष व्यवस्था गरेको छ भने त्यस्तोमा जुन उद्देश्यको परिपूर्तिको लागि व्यवस्था गरेको हो सो हदसम्म उक्त व्यवस्था लागू हुने अनुमान गर्नुपर्ने । § कर सम्बन्धी कारोवारका सम्बन्धमा भएका जानकारी र गोपनीयताबाट कुनै पनि निकायले संविधानद्वारा प्रदत्त काम, कर्तव्य र अधिकारको प्रयोग गर्न वाधा पुगेको मान्न नसकिनुका साथै कर तिर्नुपर्ने तर करका दायरमा नआएका करदातालाई करको दायराभित्र ल्याउन राज्यद्वारा अपनाइएको विशेष नीतिगत व्यवस्थाको रुपमा सम्म उल्लेखित व्यवस्था रहेको देखिन आएवाट निवेदक पक्षको भनाइ अनुसार धारा ९८(१) अनुसारको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारलाई संकुचित र नियन्त्रित गरेको भन्न सकिने अवस्था नदेखिने । § शुरुमा २०५८ पौष भित्र त्यस्तो स्वयं आय घोषणा गरी कर तिर्नुपर्ने र पछि २०५८ माघ भित्र कार्यान्वयन हुनुपर्ने व्यवस्था गरी सो को कार्यान्वयनको समयावधि समेत समाप्त भई सो को उद्देश्य समेत पूरा भैसकेको अवस्था रहेकोमा सो व्यवस्था समानताको सिद्धान्त विपरीत रहेको नदेखिनुका साथै संविधानको धारा ९८(१) को प्रतिकूल रहेको समेत नदेखिंदा रिट निवेदन खारेज हुने । (प्र.नं. १७ र १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7223
मुद्दाको विषयआर्थिक ऐन, २०५८ को दफा १० को अनुसूची ६ को दफा ४२(१) र ४२(३) संविधानसंग वाझिएकोले अमान्य र बदर घोषित गरी पाउँ
निर्णय वर्ष / मिति2060/02/01
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7223
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्