नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7242 · वि.सं. २०६०
नि.नं. 7242 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतवाट फैसला भएको, सो फैसला उपर तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(३) (ग) ले यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको र सोही ऐनको व्यवस्था समेत अनुरुप पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दामा ऐनको दफा १४(२) ले क्षेत्रीय अदालतले मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने ठहराएको मुद्दामा सर्वोच्च अदालतमा साधक जाहेर गर्नुपर्ने व्यवस्था गरेको र सो दफा १४(३) ले साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेको रहेछ भने साधकको लगत कट्टा गरी पुनरावेदनको रोहवाट मुद्दा हेर्नु पर्छ भन्ने व्यवस्था गरेको देखिन्छ । साधक जाहेरी भै आएको अवस्थामा पनरावेदन परेमा पुनरावेदनवाट हेर्नु पर्ने भन्ने साविकको व्यवस्था कै प्रकृतिको व्यवस्था प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) ले गरेको पाइदा पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहवाट हेरी निर्णय गरि सकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निस्प्रभावी वनाउन नमिल्ने भनी प्रकाशित सिद्धान्त समेतवाट प्रस्तुत पुनरावेदन हेरी न्याय निरोपण गर्न वाधा पर्ने अवस्था देखिन नआउने । § प्रतिवादीको पुनरावेदनको रोहवाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएवाट यी पुनरावेदकका हकमा सम्म साधकको रोहवाट हेरी गरेको यस अदालतको मिति ०४९।२।७ को फैसला स्वतः वदर हुने । (प्र.नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7242 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2060/05/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राम नगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7242 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
