नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7229 · वि.सं. २०६०

नि.नं. 7229 — लिखत दर्ता वदर दर्ता  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नावालकको नाउँमा दर्ता रहेको सम्पत्ति विक्रि हुँदा प्राप्त भएको रकम निजहरुको हक हितमा प्रयोग नभै सुरेश चौधरीले लगेको संरक्षकको तथाकथित भुमिका निर्वाह गर्ने चिनी देवीको प्रतिउत्तरवाट देखिइरहेकोले उक्त सम्पत्तिको व्यवहार नावालकको हकहितको वा निजहरुको शिक्षा दिक्षाको लागि गरिएको नदेखिने । § संरक्षक वा हिफाजतकर्ताले नावालकहरुको हित गर्नलाई होइन कि नावालकको अहित हुने कार्य भै रहेको देख्दा देख्दै सहमति जनाउने व्यवहार सदर नहुने लेनदेन व्यवहारको १८ नं. मा प्रष्टतया उल्लेख भएको देखिने । § उक्त ऐनको तल्लो वाक्यांशले त्यस्तो कार्य गर्ने संरक्षक वा हिफाजतकर्तालाइ थप जरिवानाको व्यवस्था गरेको देखिदा राजिनामा पास गरि दिने सुरोज, लक्ष्मी, सुलोचाना, सोना चौधरी समेत् जवान ४ नावालक भएको हुँदा मेरा सामुन्नेमा सहीछाप गरेको भन्ने हजुर आमा चिनीदेवी शाक्य भनी लेखिएकोले त्यस लेखाईमा संरक्षक वा हिफाजत गर्ने भन्ने लवज नपरेकोले संरक्षक वा हिफाजत गर्ने मानिसको रोहवरमा लिखत लेखि नावालकको सहीछाप भएको मान्न सक्ने अवस्था नरहेपनि लेनदेन व्यवहारको १८ नं. अनुसार लिखत वदर गर्न नमिल्ने भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसित सहमत हुन नसकिने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7229
मुद्दाको विषयलिखत दर्ता वदर दर्ता  ।
निर्णय वर्ष / मिति2060/04/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7229
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्