नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7233 · वि.सं. २०६०
नि.नं. 7233 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ चोरी भएको भनिएको जाहेरी दरखास्तमा उल्लेखित गरगहना र ३८ समेतका मालवस्तु यी प्रतिवादीबाट वरामद भएको नदेखिंदा प्रतिवादी वा ६ वरामद भएको भनिएको नगद र सुनको तिलहरी चोरी भएको दशी भन्ने प्रमाणित हुन नसकेको अवस्थामा यी प्रतिवादीले चोरीको सामान बांडी लिएको कुरा स्वतन्त्र प्रमाण वा पुष्टी हुन नसक्ने । § चोरी भएको नगद तथा सामान बांडी खाएको भन्ने अपराध कायम गर्न बांडी खाएको भनिएको सामान कसले चोरी गरेको भन्ने कुरा स्थापित भएको हुनु पर्नेमा प्रस्तुत मुद्धामा जाहेरवालाको धनमाल कसले चोरी गरेको भन्ने कुरा नै स्थापित हुन नसकेको अवस्थामा चोरी ल्याएको माल यी पुनरावेदकले बांडी खाएको भन्ने कसूर कायम गर्न मिल्ने अवस्था नहुने । (प्र.नं. १६ र १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7233 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2059/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7233 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
