नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7221 · वि.सं. २०६०
नि.नं. 7221 — दरपिठ आदेश वदर गरी पाँउ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दरपीठ सम्बन्धी कार्यविधि, आधार र कारण एकमुष्टरुपमा सबै मुद्दामा यही हुन्छ र यसै हुन्छ भनी निर्क्योल गर्ने विषय जटिल र दुरुह हुने । § दरपीठ आदेश गर्नु पूर्व न्यायिक पदाधिकारीबाट न्यायका मान्य सिद्धान्त, कानूनको व्याख्या र प्रमाणको मूल्याकंन गरी गर्नुपर्ने प्रकृति, अवस्था विद्यमान रहेको छ, छैन हेरी त्यसलाई प्रभावपार्ने वा न्यायिक निर्णय गर्नुपर्ने प्रकृतिका विषय ठम्याएर मात्र यसको प्रयोग हुने । (प्र.नं. ६) § दरपीठ सम्बन्धी यसको प्रकृति प्रचलन अनुसार यसलाई एकरुपमा ढाली यसै हुने भनी भन्न मिल्ने अवस्था समेत नरहेबाट एक रुपता कायम हुनुपर्ने भनी व्यक्त रायसंग सहमत हुन नसकिने । § यस अदालतका रजिष्ट्रारले निवेदकले दर्ता गर्न पेश गरेको निवेदन नियमावलीको उपर्युक्त व्यवस्था वमोजिम भएको दरपीठ आदेश उपर परेको प्रस्तुत निवेदन सोही नियमावलीको नियम ७(ग) अनुसार एक न्यायाधीशको इजलासमा पेश गरिने भन्ने व्यवस्था अनुरुप एक न्यायाधीशको इजलासमा पेश भएकोमा सो आदेश सदर वा वदर तर्फ कुनै राय नै व्यक्त भएको देखिन नआउदा नियम ७(ग) अनुसार प्रस्तुत निवेदन हेर्ने क्षेत्राधिकार एक न्यायाधीशकै इजलास भित्र पर्ने देखिदा प्रस्तुत निवेदनको पूर्ण इजलासको लगत कट्टागरी निर्णयको लागि एक न्यायाधीशको इजलासमा पेश हुने । (प्र.नं. ८ र ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7221 |
|---|---|
| मुद्दाको विषय | दरपिठ आदेश वदर गरी पाँउ |
| निर्णय वर्ष / मिति | 2060/05/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7221 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
