नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7224 · वि.सं. २०६०

नि.नं. 7224 — जग्गा खिचोला चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नक्सा मुचुल्कावाट वादीको कि.नं. २२७ को पूर्वतर्फ विभिन्न प्रतिवादीहरुको विभिन्न कित्ता जग्गाहरु रहेकोमा अन्य प्रतिवादीहरुले वादी दावी अनुसार खिचोला गरेको तथ्य प्रत्यक्ष वा परोक्ष रुपमा स्वीकार गरिरहेको अवस्थामा कि.नं. ३४६ को पश्चिमतर्फ र वादीको कि.नं. २२७ को पूर्वतर्फको सांधमा पुनरावेदन प्रतिवादीले खिचोला गरेको होइन भन्ने अवस्था नदेखिने । § सर्जमिनका अलग अलग व्यक्तिले परस्परमा वाझिने व्यहोरा लेखाएकोमा पुनरावेदक प्रतिवादी प्रभादेवी स्वयंले वादी दावी खण्डन गरी आफ्नो व्यहोरा उल्लेख गरी प्रतिउत्तर फिराउन नसकेको अवस्थामा अन्य ठोस प्रमाणको अभावमा सर्जमिनका मानिसहरुको परस्पर विरोधी भनाइलाई मात्र आधार मानी वादी दावी हदम्याद बिहीन भएकोले फिराद दावी खारेज हुनुपर्छ भन्ने पुनरावेदन जिकिर स्वीकार योग्य नदेखिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7224
मुद्दाको विषयजग्गा खिचोला चलन
निर्णय वर्ष / मिति2060/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7224
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्