नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7231 · वि.सं. २०६०

नि.नं. 7231 — गर्भपतन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी फुलमायाले आफ्नो विवाहित लोग्ने संग नवसी माइती घरमा वसि आएको अवस्थामा परपुरुष देउकुमार थापामगर संगको करणीले अवैध गर्भ वोकी जिउदो छोरी जातक जन्माई सामाजिक भय र लाजको कारणवाट मारी जुवाले खोलामा फ्याकी छोडेको देखिन आउँदा अभियोग दावी वमोजिम निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने । § विवाहित स्त्री कतिपय कारणवश माइतीमा वस्नु पर्ने अवस्था पर्ने र २४ वर्षकी यौवनावस्थामा माइती गाउँकै देउकुमार थापाले विवाह गर्छु भनि ललाई फकाई करणी लिनुदिनु गरेको र गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्नु पर्छ भनि भागी वेपत्ता भएको देखिंदा सामाजिक अनुशासन, लोकलाजवाट वच्न अवैध सम्पर्कको कारणवाट जन्मेको कारण नवजात शिशुलाई मारेको देखिदा ग्रामिण अवला स्त्रीले ती लोक लाजका अपगालवाट वच्न जन्मेको शिशुलाई जन्मेकै स्थान जुवाले खोलामा मारी छाडी हिडेको देखिन आउँदा ठहर भएको कसूर अनुसारको सजाय गर्दा चर्को पर्ने हुँदा प्रतिवादी फुलमाया मगरलाई अ.व. १८८ नं. वमोजिम कैद वर्ष ४।१०।१० (चार वर्ष दश महिना दश दिन) मात्र हुने । (प्र.नं. २१ र २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7231
मुद्दाको विषयगर्भपतन
निर्णय वर्ष / मिति2060/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7231
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्