§ अदालतको आदेश वा फैसलालाई स्वीकार गरी पहिले आत्मसमर्पण गरेपछि मात्र निजको कुरा सुनवाई हुने हुंदा अदालतको आदेश वा फैसलालाई घुमाउरो पाराले छली बस्ने व्यक्तिलाई अदालतको आदेश वा फैसला स्वीकार गरी आत्मसमर्पण गर्न आउने व्यक्तिले पाए सरहको प्रष्ट कानूनी व्यवस्थाको अ…
§ निवेदिका स्वयं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २(क) अनुसार परिभाषित एवं सो संग सम्बन्धित अनुसूचीको ३६ सौं नम्वरमा अनुसूचीकृत जातिको महिला भएको भन्ने देखिएको तथा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (१) अनुसार संविधान…
§ वारदात सम्बन्धी सम्पूर्ण कुराहरुलाई दृष्टिगत गर्दा चरित्र सम्बन्धमा कोही कसैवाट लाञ्छना लगाउन नसकेको जाहेरवाली जस्ती एक छोरा र दुई छोरी सन्तान भएकी महिलाले आफ्नो र आफनो परिवारको इज्जतमा आँच आउने प्रकृतिको र त्यसमा पनि आफ्नो छोरा विरामी भै श्रीमान इलाज गर्न ग…
§ चलनचल्तीको अर्थमा नैतिक पतन भन्नाले स्वच्छ र असल नैतिक चरित्रको विपरीत चरित्र हुनु, इमान्दारिता रहित सामाजिक अस्मिता विरुद्धको चरित्र हुनु जस्तो कुरालाई जनाउँछ । यस शब्दावलीको प्रयोग विशेषतः नीच, अधम, चरित्रहीनता तथा दूराचारीताको लागि हुने गरेको भएतापनि यथार…
§ मुलुकमा आर्थिकरुपले सम्पन्न र कानूनी प्रक्रियाका जानिफकार वर्गमात्र अदालती प्रतिद्वन्दमा सरीक हुन सक्षम हुने तथा गरीब, असहाय र निमुखाहरु राज्यद्वारा स्थापित न्याय प्रशासनिक संयन्त्रको पहुँच बाहिर रहनु सक्षम न्याय प्रणालीको विशेषता नहुंदा न्याय प्रणालीमा सबैक…
§ संवैधानिक व्यवस्थाबाट नै संविधानले प्रदान गरेको स्वतन्त्रतालाई रोक लगाउन सकिने गरी कानून बनाउन सकिने व्यवस्था भएको अवस्थामा संविधानले प्रदान गरेका स्वतन्त्रता असिमित र निरपेक्ष रहेको छ भनी मान्न नसकिने । § संविधानको धारा २५(४) ले स्पष्ट रुपमा समाजमा शान्ति र…
§ नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० ले लेखा समूहको राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि व्यवस्थापन वा वाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय ल…
§ गर्वपतन गराउने कार्य यी प्रतिवादी मान बहादुर खत्रीले गरेको भन्ने नभई चिकित्सकहरुबाट गराएको भन्ने उल्लेख भएको र के कुन चिकित्सकको क्लिनिकमा के कसरी गर्वपतन गराएको भन्ने व्योहोरा खुल्न न आएको भन्ने प्रहरी प्रतिवेदन समेत मिसिल सङ्लग्न रहेको देखिंदा गर्वपतन गराए…
§ पुनरावेदन अदालतको फैसला उपर सो बदर गराई माग्न सर्वोच्च अदालतमा आउने मार्ग भनेको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ ले पुनरावेदन र ऐ. दफा १२ ले दोहोर्याई हेर्ने सम्बन्धमा व्यवस्था गरे बमोजिम हुने हो । सो बाहेक रिट क्षेत्रबाट हेर्ने विषय नै भएन । त्यसैले प्रस्तु…
§ प्रतिवादीले म घरको मुख्य व्यक्ति भएकोले मेरो सहमति वेगर मेरो श्रीमतीले ऋण लिनुपर्ने अवस्था नभएको र उक्त लिखतमा मलाई साक्षी समेत नराखिएको हुंदा लिखत वमोजिमको सावा व्याज तिर्न वुझाउन पर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । दावीको लिखतलाई अ.वं. ७८ नं. वमोजिम पुन…
§ संविधानको धारा ११(१) अनुसार सवै नागरिकहरुलाई कानूनको दृष्टिमा समान मान्ने र सवैलाई कानूनको समान संरक्षण प्रदान गर्नुपर्ने गरिएको छ । समान स्थितिमा समानस्तरका नागरिक नागरिक वीचमा भेदभाव गरिएमा मात्र यस धारा विपरीत कार्य भएको ठहर्न आउछ । पोलिथिन भित्र आउन दिने…
§ वण्डापत्र वदर नभएको स्थितिमा छुट्टी भिन्न भै सकेका भद्रवहादुर र चेतन कुमारवाट वादीले अंश पाउने देखिएन । त्यस वाहेक वाकी एकासगोलमा रहेका प्रतिवादी र कर्णवहादुर, निजकी श्रीमती तुल्सी गौतम तथा छोरा रुद्रवहादुर वादी समेत जम्मा ४ अंशीयारको वीच मात्र वण्डा हुन वां…
§ वादी प्रतिवादी बीच रीतपूर्वकको अंशवण्डाको लिखत नभएको एवं बिक्री ब्यवहार समेत नभएको अवस्थामा केवल भूमि सम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि १ नं. र ७ नं. अनुसूची भरकै आधारमा अंश बण्डाको महलको ३० नं. बमोजिमको ब्यवाहार प्रमाणबाट छुट्टी भिन्न भएको भनी अंश जस्तो न…
§ जग्गा धितो राखी ऋण लिएको समयमा निवेदक र विपक्षी छुट्टी भिन्न भएको लिखत प्रमाणको अभावमा सगोलमानै रहे भएको मान्नु पर्ने हुन आउछ । एकासंगोलमा रहेको अवस्थामा वावुले लिएको ऋण कर्जा असुल गर्न वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ मा भएको कानूनी प्रावधानका आधारवाट वैंकले…
§ प्रत्यर्थीले निवेदकको नाता प्रमाणित गरी दिन इन्कार गरेको भन्ने देखिन नआई कारवाहीमा प्रक्रियागत कुरा पुरा गर्न केहि समय लाग्न गएको भन्ने सम्म जिकिर लिएको देखिन्छ । कारवाहीमा अस्वभाविक रुपमा विलम्व गरेको भन्ने देखिन नआई कानूनको प्रक्रिया पुरा गर्न केहि समय लाग…
§ जुन विषयमा उजुरी परेको हो तत् सम्बन्धमा कारवाहीको सिलसिलामा सहयोग समेत गर्ने प्रतिवद्धता दर्शाई निवेदक कम्पनीले जिल्ला प्रशासन कार्यालयमा निर्णय प्रतिलिपि सहित मिति २०५४।१२।१६ मा पत्र पठाएको समेत देखिन आइरहेको अवस्थामा वीत्त कम्पनी ऐन, २०४२ र कम्पनी ऐन, २०५३…
§ जुनसुकै मुद्दामा हदम्याद सम्वन्धी प्रश्नले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नगरपंचायत क्षेत्रमा फिराद दावी अनुसार प्रतिवादीले निजको जग्गा चापी २०४४ सालमा घर वनाउन थालेको भए सम्वन्धित नगरपंचायतमा नगरपचायत ऐन, २०१८ को दफा ४८ अनुसार मौकामा उजुरी गरी घर वनाउन रोक…
§ जग्गा जेथा मुचुल्कामा निवेदक स्वयं रोहवरमा रहेको र सो कारवाहीमा चित्त नवुझे १५ दिन भित्र उजुरी गर्नुपर्नेमा म्याद भित्र निवेदन परेको समेत नपाइएकोले निवेदकको उजुरीलाई कानून वमोजिम गर्नु भनी गरेको बारा जिल्ला अदालतको आदेशलाई कायमै राखेको पुनरावेदन अदालत हेटौडा…
§ वादी प्रतिवादी वीच यस भन्दा अगाडि पनि अंश मुद्दा परी २०४२।३।५ मा मिलापत्र भएको भन्ने देखिन्छ । सो मिलापत्रको व्यहोरा हेर्दा चल सम्पत्ति हाडाभाँडा र घर मिन्ही डिहको जग्गा समेत घरसारमा वांडी लिई सकेको र भारतको सम्पत्ति वादीले प्रतिवादीलाई दिएमा नेपालको सम्पत्त…
§ पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।१०।१२।५ मा निवेदकको माग वमोजिम नक्सापास गर्न मिल्ने वा नमिल्ने भन्ने वारे जो जे वुझ्नुपर्छ आफैले वुझी यथाशीघ्र नक्सापास सम्वन्धी निर्णय गरी दिनु भनी परमोदशको आदेश जारी भएको र सो आदेश वमोजिम जनकपुर नगरपालिकाका प्रमुख समेतले…
§ मु.ऐ. विहावारीको महलको ११ नं. मा भएको व्यवस्थावाट थाहा पाएको मिति हदम्याद शुरु हुने र मुद्दा चलाउने सम्बन्धित निकायले थाहा पाएको मिति नै थाहा पाएको मिति कायम हुने देखिन आउने भनी मिति २०५६।८।१७ मा यस अदालतवाट सिद्धान्त समेत प्रतिपादन भै रहेको स्थितिमा हदम्याद…
§ भूमिसुधार कार्यालय ललितपुरवाट झिकाइएको निर्णय फायल अवलोकन गर्दा, विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने सम्बन्धमा उक्त कार्यालयवाट आवश्यक छानवीन तथा निर्णय गर्दाको अवस्थामा स्पष्ट रुपमा देखिने त्रुटी (Apparent error) भएको देखिन नआउंदा त्यस्तो प्रत्…
§ जन्मदाको अवस्था जिउंदो नै रहेको वच्चा लासको प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतवाट वच्चाको मुखमा चुरोटको वट्टाको कागज कोचिएको स्थितिले गर्दा निज प्रतिवादीको कारणले वच्चाको मृत्यु हुन गएको होइन भन्ने स्थिति देखिन नआउने। § कुनै धन सम्पत्तिको लाभ अथवा…
§ अ.वं. १८८ नं. को प्रयोग उचित र मनासिव माफिक न्याय सम्पादनको लागि न्यायाधीशको तजबिजको विषय हुनाले आरोपित व्यक्तिद्वारा गरिएको अपराधको संगिनता, अपराध गर्नुपर्ने कारण र अवस्था, अभियुक्तको उमेर, निजको सामाजिक एवं आर्थिक पृष्ठभूमि, निज उपर परिवारको निर्भरता इत्या…