नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7208 · वि.सं. २०६०
नि.नं. 7208 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले म घरको मुख्य व्यक्ति भएकोले मेरो सहमति वेगर मेरो श्रीमतीले ऋण लिनुपर्ने अवस्था नभएको र उक्त लिखतमा मलाई साक्षी समेत नराखिएको हुंदा लिखत वमोजिमको सावा व्याज तिर्न वुझाउन पर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । दावीको लिखतलाई अ.वं. ७८ नं. वमोजिम पुनरावेदक प्रतिवादीलाई सुनाउँदा अन्यथा भन्न नसकेको र शान्ति देवीको मृत्यु पछि निजको नामको कि.नं. ३० को जग्गा समेत मालपोत कार्यालय रौतहटवाट मिति २०५५।९।२६ को निर्णय अनुसार आफ्नो र छोराको नाममा नामसारी गराई लिएको देखिन्छ । यसरी मृतक शान्ती देवीको अपुताली पुनरावेदक प्रतिवादीले खाएको देखिएकोले लेनदेन व्यवहारको २२ नं. वमोजिम हकवालाको हैसियतले ऋणीको अपुताली खाएपछि साहुको ऋण तिर्नुपर्ने कानूनी दायित्व पुनरावेदक प्रतिवादीमा सरेको हुंदा दावी वमोजिमको साँवा र ऐन वमोजिमको व्याज समेत वादी दावी वमोजिम प्रतिवादीवाट भराई दिने गरी पुनरावेदन अदालत हेटौडावाट भएको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7208 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2060/02/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7208 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
