नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7216 · वि.सं. २०६०
नि.नं. 7216 — जवरजस्तीकरणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वारदात सम्बन्धी सम्पूर्ण कुराहरुलाई दृष्टिगत गर्दा चरित्र सम्बन्धमा कोही कसैवाट लाञ्छना लगाउन नसकेको जाहेरवाली जस्ती एक छोरा र दुई छोरी सन्तान भएकी महिलाले आफ्नो र आफनो परिवारको इज्जतमा आँच आउने प्रकृतिको र त्यसमा पनि आफ्नो छोरा विरामी भै श्रीमान इलाज गर्न गएको चिन्ता र पीडाको समयमा नभए नगरेको कुरा गाउँ घरका मानिसलाई भन्दै हिड्नु पर्ने कुनै कारण देखिन नआउने । § अनुसन्धानको क्रममा दिएको जाहेरीमा र अदालतमा आई वकपत्र गर्दा जाहेरवालीको कथनमा केही झिनामसिना कुरा फरक परेको कुरालाई अस्वभाविक मान्न नमिल्ने । § पीडित जस्तो गाउंकी एउटी अशिक्षित महिलाले जवरजस्ती करणीको वारदातको सम्बन्धित सम्पूर्ण कुराहरु पटकै पिच्छे सिलसिलाबध्द रुपले भन्न नसक्ने अवस्था पनि हुन सक्छ । त्यतिमात्र कारणले उपरोक्त अवस्थाको एउटी पीडित महिलाले भनेको कुरामा असंगति रहेको भनी जवरजस्तीकरणीको वारदात नै नभएको तथा निजको व्यहोरा झुठ्ठा हो भन्ने सम्मको निष्कर्षमा पुग्न नसकिने । § प्रतिवादी राजेश के.सी. ले जाहेरवाली राधा भन्ने कान्छी राउतलाई जवरजस्तीकरणी गरेको ठहर्याई निज प्रतिवादीलाई अभियोग मागदावी वमोजिम मुलुकी ऐन जवर्जस्ती करणीको महलको ३ नं. अनुसार तीन वर्ष कैद सजाय र सोही महलको १० नं. अनुसार निज प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडित जाहेरवाली राधा राउतलाई भराई दिने समेत ठहर्याएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सो हद सम्म मनासिव ठहर्ने । (प्र.नं. ३२ र ३३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7216 |
|---|---|
| मुद्दाको विषय | जवरजस्तीकरणी |
| निर्णय वर्ष / मिति | 2060/01/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सो हद सम्म मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय भएको यस अदालत संयुक्त इजलासको मिति २०५७।८।१६ को फैसला । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय र प्रतिवादी राजेश के.सी. को मौकाको सावितिलाई जाहेरवालीको जाहेरी दर्खास्त तथा मौकामा वुझिएका अन्य व्यक्तिहरुको कागजवाट समेत समर्थित गरेको हुंदा जाहेरवालीलाई प्रतिवादीहरुले जवरजस्तीकरणीको कसूर गरेको ठह | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय भई सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सो हद सम्म मनासिव ठहर्छ । प्रतिवादी प्रमोद के.सी. र राजेन्द | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय मनासिब ठहर्छ । निज प्रतिवादीहरुलाई समेत प्रतिवादी राजेश के.सी. सरह सजाय हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7216 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
