नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7199 · वि.सं. २०६०

नि.नं. 7199 — अवण्डा हत्तिनी वण्डा गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादी वीच यस भन्दा अगाडि पनि अंश मुद्दा परी २०४२।३।५ मा मिलापत्र भएको भन्ने देखिन्छ । सो मिलापत्रको व्यहोरा हेर्दा चल सम्पत्ति हाडाभाँडा र घर मिन्ही डिहको जग्गा समेत घरसारमा वांडी लिई सकेको र भारतको सम्पत्ति वादीले प्रतिवादीलाई दिएमा नेपालको सम्पत्ति वादीले पाउने भन्ने समेतको व्यहोरा उल्लेख भई मिलापत्रमा उल्लेखित अचल जग्गाको हक वादीको र अरु नेपालको सम्पत्ति प्रतिवादीकै हुने प्रष्ट रुपमा लेखिएको देखियो । अंश मुद्दामा भएको उल्लेखित मिलापत्र समेतवाट यी वादी प्रतिवादी वीच कुनै सम्पत्ति अंशवण्डा गर्न वाँकी रहे भएको अवस्था नदेखिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7199
मुद्दाको विषयअवण्डा हत्तिनी वण्डा गरी पाउं ।
निर्णय वर्ष / मिति2060/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7199
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्