नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7213 · वि.सं. २०६०

नि.नं. 7213 — उत्प्रेषण लगायतको जे जो चहिने आज्ञा आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संवैधानिक व्यवस्थाबाट नै संविधानले प्रदान गरेको स्वतन्त्रतालाई रोक लगाउन सकिने गरी कानून बनाउन सकिने व्यवस्था भएको अवस्थामा संविधानले प्रदान गरेका स्वतन्त्रता असिमित र निरपेक्ष रहेको छ भनी मान्न नसकिने । § संविधानको धारा २५(४) ले स्पष्ट रुपमा समाजमा शान्ति र व्यवस्था कायम गरी मानव अधिकारहरुको संरक्षण र संवर्धन गर्दै सार्वजनिक हितको प्रवर्धन गर्ने सिद्धान्त राज्यको निर्देशक सिद्धान्तमा व्यवस्था भै रहेको सन्दर्भमा समाजमा शान्ति कायम गर्ने राज्यका उचित क्रियाकलापलाई अन्यथा भन्न सकिने अवस्था सामान्यतः नरहने । § शान्ति सुरक्षा वा अवान्छित खतराहरुको सम्भावना देखिएको वखतमा समाजकै हितको निमित्त यस्ता कार्यहरुमा रोक लगाउनु आवश्यक हुन्छ र राज्यले यस्तो कार्यलाई कानूनी व्यवस्था गरी नियन्त्रण गर्नु पर्ने भएबाट यस्तो कार्यलाई सकारात्मक कार्य (Positive Action) कै रुपमा लिन पर्ने । § जहां कानूनले कुनै अधिकारीलाई स्पष्ट रुपमा कुनै अधिकार कर्तव्य तोकेको हुन्छ त्यस्तो अधिकारीले कानूनले आफूमा सुम्पेको कार्य आफ्नै स्वविवेकमा कानून बमोजिम पूरा गर्नुपर्ने हुन्छ। यसरी कानूनले कुनै अधिकारीमा सुम्पेको कार्यका सम्वन्धमा कानूनले अख्तियार गरे वाहेक माथिल्लो अधिकारी वा निकायबाट निर्देशन हुन्छ भने त्यस्तो निर्देशन कानून अनुरुप रहेको भन्न नसकिने । § खास अवस्था र स्थितिलाई बिचार गरी प्रमुख जिल्ला अधिकारी स्वयम्ले शान्ति सुरक्षा भंग हुने वस्तुगत स्थितिलाई आफ्नो विवेक प्रयोग गरी मूल्यांकन गरी आवश्यक आदेश जारी गर्न सक्ने कानूनद्वारा दिएको अधिकारमा श्री ५ को सरकार गृह मन्त्रालयलाई रहेको सामान्यतया निर्देशन गर्न पाउने अवस्था बाहेकको उपरोक्त व्यवस्थालाई प्रत्यक्ष असर पर्ने गरी कुनै आदेश वा निर्देशन जारी गर्न नसकिने । § समय अवस्था र स्थितिलाई बिचार गरी आफ्नो क्षेत्राधिकार भित्र प्रमुख जिल्ला अधिकारीद्वारा नै मसाल जुलुसद्वारा शान्तिसुरक्षा भंग हुने नहुने बिचार गरी उचित आवश्यक कार्य गर्न पाउनेमा नेपाल अधिराज्य भरी जुनसुकै अवस्थाको लागि पनि निषेध गर्ने गरी गृह मन्त्रालयद्वारा प्रकाशित ०५७।६।२ को सूचना कानून बमोजिमको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १० देखि १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7213
मुद्दाको विषयउत्प्रेषण लगायतको जे जो चहिने आज्ञा आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2060/05/11
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री मिनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7213
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्