नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7218 · वि.सं. २०६०

नि.नं. 7218 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतको आदेश वा फैसलालाई स्वीकार गरी पहिले आत्मसमर्पण गरेपछि मात्र निजको कुरा सुनवाई हुने हुंदा अदालतको आदेश वा फैसलालाई घुमाउरो पाराले छली बस्ने व्यक्तिलाई अदालतको आदेश वा फैसला स्वीकार गरी आत्मसमर्पण गर्न आउने व्यक्तिले पाए सरहको प्रष्ट कानूनी व्यवस्थाको अभावमा सुविधा पाउंछ भन्ने हो भने पुनरावेदन सम्वन्धी प्रचलित कानूनी व्यवस्था नै निरर्थक हुन जाने । § न्याय प्रशासन ऐन २०४८ को दफा १०(४) को व्यवस्था अनुसार परेको निवेदनमा मुद्दाको निरोपण हुंदा त्यस्तो निवेदनमा जिकिर लिएको कुरामा विचार सम्म गरी सुनुवाई गर्नुपर्ने भन्ने कुराले पुनरावेदन गरेको वा अदालतको आदेश वा फैसलालाई स्वीकार गरी थुनामा वसिरहेको व्यक्ति सरह अदालतको आदेश वा फैसला स्वीकार नगरी कानूनले दिएको सुविधा प्रयोग नगरी वा पालना गर्नुपर्ने कानूनी मार्ग नअपनाई अर्को माध्यमवाट अदालतमा प्रवेश गरेको कारणवाट पुनरावेदन गर्ने वा फैसला अनुरुप थुनामा रहिरहेका व्यक्तिले पाए सरह बहस पैरवी समेत गराउन पाउँछ भन्न सकिने अवस्था नदेखिने । § अदालतको फैसला स्वीकार गरी आत्मसमर्पण वा थुनामा वसी रीतपूर्वकको पुनरावेदन गरी थुनामा बसेको अवस्थामा पुनरावेदन सरहको जिकिर लिई आफै वा अरुद्वारा परेको निवेदनको अभावमा अन्य अवस्थामा उल्लेख भएका व्यक्तिहरुले पाए सरहको प्रक्रिया अवलम्वन गरी अदालतमा प्रवेश नगर्ने व्यक्तिको हकमा कानून व्यवसायीद्वारा वहस पैरवी गर्न गराउन पाउंछ भन्न नमिल्ने । (प्र.नं. ४ र ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7218
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2060/01/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7218
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्