नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7198 · वि.सं. २०६०
नि.नं. 7198 — अदालतको अपहेलना ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।१०।१२।५ मा निवेदकको माग वमोजिम नक्सापास गर्न मिल्ने वा नमिल्ने भन्ने वारे जो जे वुझ्नुपर्छ आफैले वुझी यथाशीघ्र नक्सापास सम्वन्धी निर्णय गरी दिनु भनी परमोदशको आदेश जारी भएको र सो आदेश वमोजिम जनकपुर नगरपालिकाका प्रमुख समेतले नक्सापास हुने नहुने सम्वन्धमा निर्णय नगरी जग्गाको स्वामित्व र नक्सापास गराउने अधिकार नपाएको भनी परमादेश मुद्दामा प्रश्न र विवाद उठाएको पाइदा पुनरावेदन अदालतबाट जारी भएको परमादेशको आदेशको विपक्षी जनकपुर नगरपालिका कार्यालयले निसंकोच र वस्तुनिष्ठ आधारमा पालना गरेको नपाइने । § नगरपालिकाका प्रमुखका नाउंमा न्याय र सद्विवेक समेतको आधारमा परमोदशको आदेश वमोजिम गरी दिनु भनी पुनरावेदन अदालत जनकपुरबाट आदेश भएको देखिंदा आफ्नो आदेश पालना गराउन अदालतले त्यस्तो आदेश गर्नु न्यायसम्मत नै देखिंदा सो सदर हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7198 |
|---|---|
| मुद्दाको विषय | अदालतको अपहेलना । |
| निर्णय वर्ष / मिति | 2059/11/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7198 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
