नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7211 · वि.सं. २०६०

नि.नं. 7211 — उत्प्रेषण परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० ले लेखा समूहको राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि व्यवस्थापन वा वाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको भनी विषय निर्धारण गरेको देखिन्छ । निवेदकले प्राप्त गरेको शैक्षिक योग्यताको विषय उपरोक्त वमोजिम नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० ले लेखा समूहको राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि निर्धारण गरेको विषय अनुरुपको भएको नदेखिंइ सो वापत अंक प्राप्त गर्न सक्ने नदेखिंदा निवेदकलाई शैक्षिक योग्यता वापतको अंक प्रदान नगरेको वढुवा समितिको निर्णय कानून अनुरुप नै देखिने। § विवादित का.स.मु. फारामको टिपेक्स लगाइएको ठाउंमा सो अंक प्रदान गर्ने सम्वन्धित मूल्यांकनकर्ताको दस्तखत भएको देखिंदा त्यसरी प्रदान गरेको अंकलाई अन्यथा भन्न नमिल्ने। § विवादित का.स.मु. फाराम २०५४ सालको भएको सो समयमा यी निवेदक र विपक्षी पदमबहादुर घर्ती वेग्लावेग्लै कार्यालयमा कार्यरसत रहेको देखिएकाले सो समयमा भरिएको का.स.मु. फाराममा निवेदकलाई वढुवाबाट वंचित गर्ने उद्देश्यले अंक थपघट गरेको भन्ने देखिन नआउने। § का.स.मु. फाराममा अंक प्रदान गर्ने कुरा सम्वन्धित पदाधिकारीको विवेकको विषय भएकोले त्यस्ता पदाधिकारीले का.स.मु.मा अंक प्रदान गर्दा विना पूर्वाग्रह अंक प्रदान गरिनुपर्ने विषय हो, त्यस्तो विवेकाधिकारको कुरामा यस अदालतले असाधारण अधिकारक्षेत्र अन्तर्गत औचित्य (Merit) मा प्रवेश गरी दिन नमिल्ने।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7211
मुद्दाको विषयउत्प्रेषण परमादेश समेत
निर्णय वर्ष / मिति2060/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री बलिरामकुमार
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7211
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्