नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7201 · वि.सं. २०६०
नि.नं. 7201 — घर भत्काई खिचोला मेटाई चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जुनसुकै मुद्दामा हदम्याद सम्वन्धी प्रश्नले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नगरपंचायत क्षेत्रमा फिराद दावी अनुसार प्रतिवादीले निजको जग्गा चापी २०४४ सालमा घर वनाउन थालेको भए सम्वन्धित नगरपंचायतमा नगरपचायत ऐन, २०१८ को दफा ४८ अनुसार मौकामा उजुरी गरी घर वनाउन रोक्का पनि गरेको नदेखिंदा वादीको फिराद दावी मुलुकी ऐन घर वनाउनेको महलको ११ को हदम्याद नाघी दायर भएको देखिंदा सो फिराद दावी अ.वं. १८० नं. वमोजिम खारेज हुने । (प्र.नं. १६ र १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7201 |
|---|---|
| मुद्दाको विषय | घर भत्काई खिचोला मेटाई चलन |
| निर्णय वर्ष / मिति | 2060/05/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7201 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
