नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7194 · वि.सं. २०६०
नि.नं. 7194 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अ.वं. १८८ नं. को प्रयोग उचित र मनासिव माफिक न्याय सम्पादनको लागि न्यायाधीशको तजबिजको विषय हुनाले आरोपित व्यक्तिद्वारा गरिएको अपराधको संगिनता, अपराध गर्नुपर्ने कारण र अवस्था, अभियुक्तको उमेर, निजको सामाजिक एवं आर्थिक पृष्ठभूमि, निज उपर परिवारको निर्भरता इत्यादि विविध कुराहरु मध्ये सबै वा कुनै त्यस्तो तजविज गर्ने न्यायकर्ताले महत्वपूर्ण राय लगाउन सक्ने । § प्रस्तुत मुद्दामा एकाघरसंग बसेको विवाहिता पत्नी र नावालक ९ महीनाकी छोरीलाई समेत कर्तव्य गरी मारी प्रतिवादी आफू र निजको आमा समेतका परिवार मिली लास दवाउने र आफै खोजी पाउं भनि निवेदन समेत गरी अपराधिक क्रियालाई छली हिड्ने अपराधिक प्रकृतिका प्रतिवादीका हकमा यस किसिमको सुविधा प्रदान गर्नु न्यायोचित नहुने । (प्र.नं. ३५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7194 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2060/02/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7194 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
