नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7220 · वि.सं. २०६०
नि.नं. 7220 — कार्यविधिमा एकरुपता सम्बन्धी टिप्पणी आदेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विशेष अदालत ऐन २०५९ को दफा ११ मा विषेश अदालतले हेर्ने वा हेरेको मुद्दामा म्याद तारेख थाम्ने सम्बन्धमा छुट्टै व्यवस्था गरिएको र त्यसमा विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसला उपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न कावु वाहिरको परिस्थिति परेको कारण र आधार खुलाई निवेदन परेमा सो व्यहोरा मनासीव ठहरिएमा एक पटक वढीमा १५ दिन सम्मको म्याद तारेख थाम्न सकिनेछ भन्ने व्यवस्था गरेको देखिई ऐ ऐनको दफा १२ मा मुद्दाको कारवाही र किनारा गर्दा यस ऐनमा लेखिए जतिमा यसै ऐन बमोजिम र सो वाहेकका अन्य कुरामा विशेष अदालतले प्रचलित कानून वमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार र कार्यविधि प्रयोग गर्न सक्ने व्यवस्था पाइदा विशेष अदालत ऐन २०५९ मा व्यवस्था नगरिएको विषयमा मात्र अन्य प्रचलित कानूनमा भएको व्यवस्था लागु हुन सक्ने । § विधायिकाले विशेष अदालतले हेरे छिनेका मुद्दामा पुनरावेदनको म्याद र सो म्याद गुजे्रमा थमाउने समेतको छुटैृ व्यवस्था गर्न खोजेको मनसाय प्रष्ट भै विशेष अदालत ऐन, २०५९ को प्रस्तावनामा खास किसिमका मुद्दाहरुको कारवाही र किनारा छिटो,छरितो तथा प्रभावकारी ढंगले गराउन सो कानूनी व्यवस्था गरिएको भन्ने उल्लेख भएबाट पनि ऐनको उद्देश्य र भावना अनुरुप कानूनको प्रयोग र व्याख्या हुनु आवश्यक हुने । § विशेष अदालत ऐन २०५९ मा पुनरावेदनको म्याद दिने र सो गुज्रेमा थमाउने छुटैृ व्यवस्था गरिएको, प्रस्तुत विशेष अदालत ऐन २०५९ सालमा वनी लागु भएको र सरकारी मुद्दा संवन्धी ऐन, २०४९ सालमा वनी लागु भएको अवस्थाबाट पनि पछि वनेको ऐनको भिन्न व्यवस्थाले अघिको ऐनको व्यवस्थालाई प्रतिस्थापन गरेको मान्नु पर्ने हुन्छ । यस स्थितिबाट विचार गर्दा पनि सरकारी मुद्दा संवन्धी ऐन, २०४९ को दफा २६(२) प्रस्तुत विषयमा आकर्षित हुने अवस्था नदेखिने । § मुलुकी ऐनको प्रारम्भिक कथनको ४ नं ले छुट्टाछुट्टै वनेका कानूनमा लेखिए जतिमा सोही कानून वमोजिम हुने भन्ने सिध्दान्तलाई अगींकार गरेको समेतबाट पुनरावेदनको म्याद थमाउने प्रसंगमा विशेष अदालत ऐन २०५९ ले यस ऐन वमोजिम र अरु प्रचलित कानून वमोजिमको सुविधा समेत पाउन सक्ने भन्ने स्पष्ट व्यवस्था गरेको देखिन नआएको स्थितिमा विशेष अदालतले हेरे छिनेका मुद्दाहरुमा खास मुद्दाहरुको काम कार्यवाही छिटोछरितो किसिमले टुङ्गयाउने प्रयोजन र उद्देश्यवाट वनेको विशेष अदालत ऐन २०५९ को दफा ११ को व्यवस्था वाहेक अरु प्रचलित ऐन कानूनको कार्यविधि समेत आकर्षित हुने भन्न नमिल्ने । (प्र.नं. ५ देखि ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7220 |
|---|---|
| मुद्दाको विषय | कार्यविधिमा एकरुपता सम्बन्धी टिप्पणी आदेश |
| निर्णय वर्ष / मिति | 2060/04/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7220 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
