नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7219 · वि.सं. २०६०

नि.नं. 7219 — उत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजामती सेवा नियमावली, २०५० को दोश्रो संशोधनद्वारा संशोधित नियम १५(२) को व्यवस्था संविधानको धारा ८८ (२) वमोजिम अमान्य वदर घोषित गरि पाउं भन्ने माग गरी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । रिट निवेदकले अमान्य र वदर घोषित गरी पाउं भनी मांग गरेको नियमावलीको सोही व्यवस्था अमान्य र वदर गरी पाउं भनी समान प्रश्न उठाई दिएको सम्बत् २०५८ सालको रिट नम्वर ३८९२ निवेदक शान्तराज सुवेदी समेत विरुद्ध श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत बिपक्षी भएको रिट निवेदनमा श्री ५ को सरकारले निजामती सेवाभित्र के कस्तो दक्षता र योग्यता हासिल गरेको उम्मेदवारहरुबाट प्रतियोगिता गराई रिक्त पद पूर्ति गरी निजामती प्रशासन संचालन गर्ने हो भन्ने बिषयमा निर्णय गरी ऐनले प्रदान गरेको अधिकार वमोजिम नियम वनेको देखिंदा शंशोधित नियमावलीको व्यवस्था संविधान कानून संग वाझिएको भन्न नमिल्ने देखिंदा सो बिषयमा पुनः विवेचना हुनपर्ने अवस्था विद्यमान नदेखिने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7219
मुद्दाको विषयउत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2060/02/08
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री वलिरामकुमार
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7219
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्