सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २१८ नजिर अभिलेखमध्ये पृष्ठ ९ / १०

नि.नं. 9122वि.सं. २०७१पूर्ण इजलास

अंशचलन

लिखत बदर मुद्दाहरूसमेत अन्तिम भएर बसेको अवस्थामा हाल आएर यस अदालतले अन्य अंशियारमा बन्डा लाग्ने भनी अन्यथा व्याख्या र अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । अंश जस्तो कुरामा व्यक्तिको नैसर्गिक अधिकार हुने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 9121वि.सं. २०७१विशेष इजलास

उत्प्रेषण/परमादेश

§ सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले सम्पत्ति विवरण पेश गरेको नदेखिएमा राष्ट्रिय सतर्कता केन्द्रले त्यस्तो व्यक्तिउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम कारवाही गर्नको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष लेखी पठाउन सक्ने गरी रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9120वि.सं. २०७१विशेष इजलास

उत्प्रेषण/परमादेश

§ पेशा व्यवसायको स्वतन्त्रतालाई वाञ्छित हदसम्म मान्यता दिन पर्ने भएपनि त्यस्तो उद्योगको उत्पादनशील गतिविधि, बजार व्यवस्थापन, उपभोक्ता हित र सार्वजनिक स्वास्थ्य आदि कुरालाई विचार गरेर त्यस्तो व्यवसायलाई नियन्त्रण गर्न राज्यले कानून निर्माण गरी आवश्यक नियन्त्रण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9119वि.सं. २०७१संयुक्त इजलास

कर्तव्य ज्यान

§ मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा विभिन्न कारणहरूमध्ये के कस्ता कारणहरूको विद्यमानता छ भन्ने कुराहरू खुलाई न्यायकर्ताले सजाय घटाउने राय व्यक्त गरेको हुनुपर्दछ । मिसिलबाट देखिएको तथ्यलाई एकातर्फ पन्छाएर न्यायकर्तालाई चित्तमा लागेको भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9118वि.सं. २०७१पूर्ण इजलास

उत्प्रेषण

§ सबै प्रक्रिया पूरा भई सफल उम्मेद्‍वारलाई नियुक्तिपत्र दिई निजलाई काममा लगाई सकेपछिमात्र रिट निवेदन दायर गरी निवेदकले आफ्नो जिकीरलाई कानूनीरूपमा भन्दा पनि आफूमात्र योग्य र उपयुक्त रहेको भनी आत्मपरक ढङ्गले पुष्टि गर्न खोजेको प्रतीत हुने । § कुनै पनि कानूनी व्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9118वि.सं. २०७१संयुक्त इजलास

परमादेश

§ निवेदकले एसएलसी परीक्षा पास गरी प्राथमिक तहको शिक्षक पदमा कार्यरत रहेको अवस्थामा शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट सञ्चालित प्राथमिक शिक्षक तालिमका विभिन्न चरणमा सहभागी भई २०६३ सालमा १० महिने सेवाकालीन तालिम पूरा गरेको मिसिल संलग्न प्रमाणपत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9117वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

§ नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट मिति २०६८।८।१५ मा प्रकाशित सूचना अनुसार नेपाल विद्युत्‍ प्राधिकरणको कार्यकारी निर्देशक पदको लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा रामेश्वर यादव मुख्य उम्मेद्‍वार र यी निवेदक मुकेशराज काफ्ले वैकल्पिक उम्मेद्‍वारको रूपमा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9117वि.सं. २०७१पूर्ण इजलास

उत्प्रेषण

§ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको दफा २८ बमोजिम दिइएको सुझाव आफैंमा निर्णय होइन, सुझावको उपयुक्तताको विषयमा सम्बन्धित कार्यालय वा संस्थाका पदाधिकारीले मूल्याङ्कन गरी उपयुक्त देखिएको सुझावअनुसार गर्न सक्ने नै हुन्छ । तर आयोगबाट लेखी आएको भन्नेमात्र आधार ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9116वि.सं. २०७१पूर्ण इजलास

उत्प्रेषण/परमादेश

परीक्षा योग्यता परीक्षणको एक मात्र माध्यम हो । त्यसमा मूल्याङ्कनको आधार केवल योग्यता हुनुपर्दछ । अन्यान्य आधारले योग्यता परीक्षणलाई घुमिल तुल्याउँछन् र यसलाई प्रोत्साहित गरिन्छ भने कानूनको शासनको दृष्टिमा यो भन्दा ठूलो दुर्भाग्य अरू कुनै हुन सक्दैन । परीक्षा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9115वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

चिया बगानमा कार्यरत् मजदूरहरूले पारिश्रमिक वृद्विलगायतका विभिन्न माग राखी सो मागलाई सम्वोधन गर्न नेपाल सरकारका प्रतिनिधि, निवेदक व्यवस्थापक तथा मजदूरसमेत भई पटकपटक छलफल भएको तथ्यलाई निवेदकले निवेदनमा नै स्वीकार गरेको, पटकपटकको छलफलबाट पनि श्रम ऐन, २०४८ को दफा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9114वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

विपक्षी M अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौं स्रेस्ता राख्ने काम सरकारी निकाय मालपोत कार्यालयको हो । त्यो नराखिदिएको कारणबाट जनताले पीडित हुनुपर्ने होइन । मालपोत कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई व्यक्तिको नाममा स्रेस्ता छैन भनेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9113वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

कुनै जग्गा वा घर सम्बन्धमा आफ्नो हकभित्रको हो भनी नालेस आदेश गर्नेले आफ्नो हकदैया रहेको कुरा प्रमाणबाट स्थापित गर्न सक्नुपर्दछ वा आफ्नो हक अतिक्रमण हुन थाल्यो र अन्य अतिरिक्त उपचारको कानूनी बाटो नभएको वा भएपनि अप्रयाप्त र प्रभावकारी नभएको भनी कानूनी वा संवैधान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9112वि.सं. २०७१संयुक्त इजलास

अंश

§ अंश लाग्ने नलाग्ने र अंश मुद्दामा के कुन सम्पत्तिमा अंश लाग्ने नलाग्ने सोको निराकरण तथ्य एवं प्रमाणको आधारमा निराकरण हुनुपर्ने र अर्कोतर्फ एउटै दाताले एउटै मितिमा एकै कित्ताबाट कित्ताकाट गरी समान हैसियतका दुई व्यक्तिलाई एकै व्यहोराले दिएको हालैको बकसपत्रमध्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9111वि.सं. २०७१संयुक्त इजलास

नकबजनी चोरी

मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २९ नं. को देहाय २ मा स्पष्टसँग चोरीको महलको सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नुपर्दछ भनी व्यवस्था भएको अवस्थामा अधिकारक्षेत्रको प्रश्न मुद्दाको पक्षको सहमतिले वा कुनै पक्षले घटाउन बढाउन वा परिवर्तन गर्न नसक्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9110वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

निवेदकका तर्फबाट M विद्वान अधिवक्ताद्वय श्री केदार दाहाल र ध्रुवप्रसाद चौलागाईं विपक्षीका तर्फबाट M विद्वान अधिवक्ता श्री अच्युत भण्डारी जुन निकायले रोक्का राखेको हो भनी मालपोत कार्यालयमा रोक्का रेकर्ड देखिएको छ सो निकायले के कुन कारण परी निवेदन दावीको जग्गा र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9109वि.सं. २०७१संयुक्त इजलास

कर्तव्य ज्यान

चरम गरिबी, असहाय अवस्था, सहयोग र समर्थनको अभावले मनोवैज्ञानिक दुर्बलताले विवेकहीन कार्य गरेको देखिन आउँदछ । बराबर विरामी भइरहने र त्यसको भार थेग्न नसक्ने अवस्थाले विचलित भएर एउटा महिलाले आफ्नो प्रियजन कै उपर साङ्‍घातिक बल प्रयोग गर्नुपर्ने परिस्थिति मानवता र स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9108वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

गाउँ विकास समिति कानूनबमोजिम स्थापित स्वायत्त निकाय भएको र यसले कानूनबमोजिम व्यक्ति सरह सम्पत्ति आर्जन गर्ने र भोग गर्ने अधिकार राख्ने भए पनि स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ६८(ख) ले प्रष्ट रोक लगाएको विषयमा समेत ठेक्का सदर गर्ने गरेको कार्य कानूनसम्मत ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9107वि.सं. २०७१संयुक्त इजलास

जबर्जस्ती करणी

§ अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा साक्षी सरह बकपत्र नगरेसम्म त्यस्तो प्रमाणलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम ठोस र विश्वसनीय प्रमाण मान्न नमिल्ने । (प्रकरण नं.४) § विशेषज्ञले प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम साक्षी सरह अदालतमा उपस्थित भई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9106वि.सं. २०७१संयुक्त इजलास

रैकर लगत कट्टाको निर्णय बदर

§ गुठी वा रैकर जग्गाको यकीन नै नगरी जग्गाको लगत नभिडेको अवस्थामा अनुमानको भरमा १५ बर्ष भन्दा अघिदेखि तहतह हक हस्तान्तरण भई आएको एकाको नाममा दर्ता भईसकेको जग्गालाई बिनाआधार बिनाप्रमाण लगत भिडेको भनी रैकर जग्गालाई गुठी कायम गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9105वि.सं. २०७१संयुक्त इजलास

अपहेलना

§ जाँच लिई सकेको परीक्षाको अदालतबाट समेत परीक्षाफल प्रकाशन गर्नु भनी विपक्षीका नाउँमा दुई–दुई पटक आदेश जारी हुँदा आदेशबमोजिम नगरी आलटाल गरी बस्ने कार्यले जानी जानी आदेशको पालना नगरेको अदालतको आदेशको अपहेलना गरेको स्पष्ट हुने । (प्रकरण नं.३) § कुनै पदाधिकारीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9104वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

नेपाल सरकारको स्वामित्वमा रही भोग गर्नसम्म दिएको जग्गाको स्वामित्ववाला नेपाल सरकारले अन्य संस्थालाई दिन नपाउने भनी अर्थ गर्न नमिल्ने हुँदा जग्गाको स्वामित्व प्राप्त गर्नेले आफ्नो जग्गा आफूले भोग गर्नेलगायत अन्य कसैलाई कुनै व्यहोराले हस्तान्तरण गर्न पाउने । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9103वि.सं. २०७१संयुक्त इजलास

नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने ।

प्रत्यर्थी/वादी M प्रमोद विक्रम शाहसमेतके उजूरीले नेपाल सरकार तत्कालीन नेपाल नागरिकता ऐन, २०२० को दफा (३क) मा “झूठो विवरण वा बयान दिई जन्म वा वंशजको नाताले नेपाली नागरिक हो भनी झुक्याई कसैले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा थाहा हुन आएमा श्री ५…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9102वि.सं. २०७१संयुक्त इजलास

परमादेश

व्यक्तिको सम्पत्ति रोक्का राखिनुको पछाडि केही निश्चित कारण, आधार, उद्देश्य र औचित्य रहेको हुन्छ भन्ने कुरामा विवाद छैन । कुनै आधार, कारण, उद्देश्य र औचित्य नरही कुनै व्यक्तिको सम्पत्ति रोक्का राख्नु भनेको व्यक्तिलाई सम्पत्तिसम्बन्धी हकको प्रचलन गर्नबाट विमुख ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9100वि.सं. २०७१विशेष इजलास

उत्प्रेषण

देशमा महत्त्वपूर्ण सेवा पुर्‍याएका व्यक्ति सेवाबाट निवृत्त भएपछि निजहरूको सुविधा र सुरक्षा सम्बन्धमा केही व्यवस्था गरिने भन्ने कुरा राज्यको प्रतिष्ठाको विषय हुने । व्यक्तिहरूले पुर्‍याएको योगदानको कदर गर्दै सेवानिवृत्त भएपश्चात् सम्मान स्वरूप केही सुविधा प्रदा…

नजिर सार पढ्नुहोस् →