नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9114 · वि.सं. २०७१
नि.नं. 9114 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
विपक्षी M अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौं स्रेस्ता राख्ने काम सरकारी निकाय मालपोत कार्यालयको हो । त्यो नराखिदिएको कारणबाट जनताले पीडित हुनुपर्ने होइन । मालपोत कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई व्यक्तिको नाममा स्रेस्ता छैन भनेको कुरालाई मात्रै आधार लिई विवादित जग्गा भोग गरिरहेका व्यक्तिहरूलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुनेगरी एकतर्फीरूपमा व्यक्तिको नाममा दर्ता रहेको जग्गालाई सरकारको नाममा कायम गर्ने गरी भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने, विद्वान अधिवक्ताद्वय भोजेन्द्रबहादुर खत्री र रामप्रसाद ढुंगेल विपक्षीका तर्फबाट M विद्वान सहन्यायाधिवक्ता श्री खगराज पौडेल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9114 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2070/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री बै |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9114 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
