नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9110 · वि.सं. २०७१

नि.नं. 9110 — उत्प्रेषण/परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकका तर्फबाट M विद्वान अधिवक्ताद्वय श्री केदार दाहाल र ध्रुवप्रसाद चौलागाईं विपक्षीका तर्फबाट M विद्वान अधिवक्ता श्री अच्युत भण्डारी जुन निकायले रोक्का राखेको हो भनी मालपोत कार्यालयमा रोक्का रेकर्ड देखिएको छ सो निकायले के कुन कारण परी निवेदन दावीको जग्गा रोक्का राख्नु परेको हो सोको स्पष्ट जवाफ सम्वन्धित निकायको अभिलेखको आधारमा दिन सक्नुपर्ने । स्पष्ट जवाफ दिन रोक्का राख्ने निकायले नसकेको अवस्थामा कानूनअनुरूप नै रोक्का रहेको होला भनी अनुमान गर्नु पनि उचित हुँदैन । मालपोत कार्यालयले जुन निकायले रोक्का राखेको हो भनी खुलाएको छ सो निकायले विवरणसहितको रोक्का राख्नुपर्नाको कारण आफ्नो अभिलेखवाट नदेखिएको भनी खुलाई रहेको अवस्थामासमेत बिनाकारण लामो समयसम्म व्यक्तिको सम्पत्ति रोक्का राख्न नहुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9110
मुद्दाको विषयउत्प्रेषण/परमादेश
निर्णय वर्ष / मिति2070/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री सुशिला कार्की
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9110
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्