नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9109 · वि.सं. २०७१
नि.नं. 9109 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
चरम गरिबी, असहाय अवस्था, सहयोग र समर्थनको अभावले मनोवैज्ञानिक दुर्बलताले विवेकहीन कार्य गरेको देखिन आउँदछ । बराबर विरामी भइरहने र त्यसको भार थेग्न नसक्ने अवस्थाले विचलित भएर एउटा महिलाले आफ्नो प्रियजन कै उपर साङ्घातिक बल प्रयोग गर्नुपर्ने परिस्थिति मानवता र समाजका लागि पनि चेतावनी दिने खालको कुरा छ । यस्तो कार्य र परिस्थिति अवाञ्छित र विडम्बनापूर्ण त छ तर त्यस्तो स्थितिबाट उम्कन सक्ने राहतजन्य व्यवस्थाहरूको अभावमा त्यस्तो जघन्य र सम्वेदनशून्य अवस्था आई नरहला भन्न पनि सकिँदैन । समाज र राज्यले यस्ता कुराको कारक तत्त्वहरूको अध्ययन र पहिचान गरी मानवीय सुरक्षाका किल्लाहरू ठेकेदारहरूले मजबुत पार्ने प्रयास गर्नुपर्ने । (प्रकरण नं.३) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता रामप्रसाद अर्याल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9109 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2070/10/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | ०६९-CR-०४३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9109 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
