नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9103 · वि.सं. २०७१
नि.नं. 9103 — नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रत्यर्थी/वादी M प्रमोद विक्रम शाहसमेतके उजूरीले नेपाल सरकार तत्कालीन नेपाल नागरिकता ऐन, २०२० को दफा (३क) मा “झूठो विवरण वा बयान दिई जन्म वा वंशजको नाताले नेपाली नागरिक हो भनी झुक्याई कसैले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा थाहा हुन आएमा श्री ५ को सरकारले त्यस्तो प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकताबाट हटाउन आदेश दिन सक्नेछ” भन्ने उल्लेख भएको व्यवस्थाले कसैले प्राप्त गरिसकेको नेपाली नागरिकताबाट हटाउन आदेश गर्ने अधिकार तत्कालीन श्री ५ को सरकारमा नीहित रहेको भए पनि सो हटाउन सक्ने कार्यको अख्तियारी प्रयोग गर्ने अख्तियारवाला श्री ५ को सरकारले फरेबद्वारा वा झूठ्ठा बयान वा विवरण दिई नागरिकता प्राप्त गरेको हो भन्ने कसूरजन्य तथ्यको पुष्टि गर्नुपर्ने । पुनरावेदक प्रतिवादीले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र लिँदा पुनरावेदकले फरेब गरी वा झूठ्ठा बयान वा विवरण दिएको हो भन्ने कुराको पुष्टि हुन नसकिरहेको अवस्थामा निजलाई नागरिकताबाट हटाउने निर्णयलाई यथोचित मान्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता श्री प्रशन्नकुमार दास प्रत्यर्थी/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9103 |
|---|---|
| मुद्दाको विषय | नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने । |
| निर्णय वर्ष / मिति | 2070/10/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६६-CR-०३६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9103 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
