नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9115 · वि.सं. २०७१

नि.नं. 9115 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

चिया बगानमा कार्यरत् मजदूरहरूले पारिश्रमिक वृद्विलगायतका विभिन्न माग राखी सो मागलाई सम्वोधन गर्न नेपाल सरकारका प्रतिनिधि, निवेदक व्यवस्थापक तथा मजदूरसमेत भई पटकपटक छलफल भएको तथ्यलाई निवेदकले निवेदनमा नै स्वीकार गरेको, पटकपटकको छलफलबाट पनि श्रम ऐन, २०४८ को दफा २१(२) बमोजिम पारिश्रमिक निर्धारण समिति गठन हुन नसकेको अवस्थामा सोही ऐनको दफा २१(५) बमोजिम पारिश्रमिक निर्धारण गर्न श्रम विभागको माहानिर्देशकको संयोजकत्वमा कार्यदलसमेत गठन गरी सोही कार्यदलको सिफारिशको आधारमा चिया बगानमा कार्यरत् मजदूर कर्मचारीहरूको न्यूनतम् पारिश्रमिकको निर्धारण नेपाल सरकारले गर्न नसक्ने भनी भन्न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट M वरिष्ठ विद्वान अधिवक्ताद्वय राधेश्याम अधिकारी र बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ता माघवकुमार बस्नेत विपक्षीका तर्फबाट M विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9115
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2070/11/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9115
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्