नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9113 · वि.सं. २०७१
नि.नं. 9113 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै जग्गा वा घर सम्बन्धमा आफ्नो हकभित्रको हो भनी नालेस आदेश गर्नेले आफ्नो हकदैया रहेको कुरा प्रमाणबाट स्थापित गर्न सक्नुपर्दछ वा आफ्नो हक अतिक्रमण हुन थाल्यो र अन्य अतिरिक्त उपचारको कानूनी बाटो नभएको वा भएपनि अप्रयाप्त र प्रभावकारी नभएको भनी कानूनी वा संवैधानिक हकको प्रचलनको निमित्त नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अनुरूप सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रभित्र माग गर्दै प्रवेश गर्न सकिन्छ । त्यसरी प्रवेश गर्ने निवेदकले आफ्नो हक भएको कुरा सर्वप्रथम स्थापित गर्न सक्नुपर्ने हुन्छ । जग्गा वा घरमा कसैको हक हुन दर्ता, तिरो र भोग यी तीन किसिमका प्रमाणहरू हेरिने । (प्रकरण नं.४) रिट निवेदकका तर्फबाट M अधिवक्ता कृष्णप्रसाद शर्मा विपक्षीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटा, विद्वान अधिवक्ताद्वय दिनेशप्रसाद घिमिरे, रामबन्धु शर्मा
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9113 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2070/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री बै |
| मुद्दा नं. | ०६७-WO-०३२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9113 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
