नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9104 · वि.सं. २०७१
नि.नं. 9104 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपाल सरकारको स्वामित्वमा रही भोग गर्नसम्म दिएको जग्गाको स्वामित्ववाला नेपाल सरकारले अन्य संस्थालाई दिन नपाउने भनी अर्थ गर्न नमिल्ने हुँदा जग्गाको स्वामित्व प्राप्त गर्नेले आफ्नो जग्गा आफूले भोग गर्नेलगायत अन्य कसैलाई कुनै व्यहोराले हस्तान्तरण गर्न पाउने । (प्रकरण नं.२) भोगाधिकारमात्र पाएको अवस्थामा भोगाधिकार पाउनेले जग्गाधनीको स्थान ग्रहण गर्न नसक्ने हुँदा जग्गाधनीले अघि दिएको भोगाधिकार संशोधन गर्न, परिवर्तन गर्न वा हस्तान्तरण गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं.३) जग्गाको स्वामित्व नेपाल सरकारकै नाममा भएको, भोगाधिकारमात्र अरूलाई हस्तान्तरण गरेको अवस्थामा उक्त जग्गाको जग्गाधनीले सो जग्गाको स्वामित्व अरूलाई हस्तान्तरण गर्न र भोगाधिकार अरूलाई दिन सक्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट M विद्वान अधिवक्ताद्वय न्हुच्छेनारायण श्रेष्ठ र गोपालप्रसाद भण्डारी प्रत्यर्थीका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, विद्वान उपन्यायाधिवक्ता पुष्कर सापकोटा र विद्वान अधिवक्ता बच्चुसिंह खड्का
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9104 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2070/08/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बै |
| मुद्दा नं. | ०७०-WO-०१६१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9104 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
