नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9105 · वि.सं. २०७१
नि.नं. 9105 — अपहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जाँच लिई सकेको परीक्षाको अदालतबाट समेत परीक्षाफल प्रकाशन गर्नु भनी विपक्षीका नाउँमा दुई–दुई पटक आदेश जारी हुँदा आदेशबमोजिम नगरी आलटाल गरी बस्ने कार्यले जानी जानी आदेशको पालना नगरेको अदालतको आदेशको अपहेलना गरेको स्पष्ट हुने । (प्रकरण नं.३) § कुनै पदाधिकारीले राजीनामा दिएको मात्र कारणले निजले पदासीन रहेको अवस्थामा गरिएको अपराधजन्य कार्यबाट उन्मुक्ति पाउन सक्ने अवस्था हुँदैन । अदालतको आदेश वा फैसलाको कार्यान्वयन गर्नुपर्नेमा आफ्नो कार्यकाल अवधिभर सो आदेशको पालना नगरेकोमा अपहेलनाजन्य कार्य नै हुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9105 |
|---|---|
| मुद्दाको विषय | अपहेलना |
| निर्णय वर्ष / मिति | 2070/09/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६८-MS-००१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9105 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
