नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9119 · वि.सं. २०७१
नि.नं. 9119 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा विभिन्न कारणहरूमध्ये के कस्ता कारणहरूको विद्यमानता छ भन्ने कुराहरू खुलाई न्यायकर्ताले सजाय घटाउने राय व्यक्त गरेको हुनुपर्दछ । मिसिलबाट देखिएको तथ्यलाई एकातर्फ पन्छाएर न्यायकर्तालाई चित्तमा लागेको भन्ने मात्र आधारमा सजाय कम गर्न मिल्दैन । साथै न्यायकर्तालाई चित्तमा लाग्ने भन्ने कुरा निरपेक्षरूपमा मनोगत हुन सक्तैन । न्यायकर्ताले कानूनबमोजिम निर्धारण भएको सजायलाई कम गर्दा सजाय कम हुनुपर्ने आधार र कारणहरूको विश्लेषण गरी निष्कर्षमा पुगेको हुनुपर्ने । (प्रकरण नं. १६) § पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई मुलुकी ऐन, अ.ब.१८८ नं. बमोजिम ५ वर्ष मात्र कैद हुन भनी जाहेर गरेको साधक रायको सम्बन्धमा अ.बं. १८८ नं. को कानूनी व्यवस्था र सो को प्रयोगका सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा निर्धारण भएका आधार र कारणहरूको विवेचना नै नगरी प्रतिवादीले विगतमा गरेको आपराधिक कार्य र हाल प्रस्तुत वारदातमा गरेको कार्यबाट हुन गएको आपराधिक कार्यको अवस्था, प्रस्तुत घटनाको परिस्थिति र वारदातको अवस्था हेर्दा भवितव्य हो कि जस्तो नदेखिएकाले यस्तो पटक पटक ज्यान मार्ने जस्तो कार्य गर्ने व्यक्तिलाई कानूनले हुने सजाय भन्दा घटी सजाय गर्दा न्याय, कानून एवम् पीडित र निजको परिवारप्रति न्याय नहुने हुँदा अन्य लगाउ मुद्दामा व्यक्त भएको आधार उल्लेख गरी पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुको हकमा व्यक्त गरेको रायसँग सहमत हुन नसकिने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9119 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2071/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०७०-RC-००७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9119 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
