नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9111 · वि.सं. २०७१

नि.नं. 9111 — नकबजनी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २९ नं. को देहाय २ मा स्पष्टसँग चोरीको महलको सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नुपर्दछ भनी व्यवस्था भएको अवस्थामा अधिकारक्षेत्रको प्रश्न मुद्दाको पक्षको सहमतिले वा कुनै पक्षले घटाउन बढाउन वा परिवर्तन गर्न नसक्ने । इलाकाको अड्डाबाट हेर्न पर्ने भनी मुद्दा नै किटान गरी तोकेका मुद्दाहरूमा कानूनको मनसायविपरीत काठमाडौंको इलाकामा घटेको वारदातलाई जाहेरी दिँदा सो तथ्य नै लुकाई स्याङ्जा जिल्लाको ईलाकामा घटेको बनाई जानी जानी अन्यत्र अड्डामा मुद्दा दर्ता गर्न पीडित पक्षको भूमिका समेत मुद्दा उठानको क्रममा स्वभाविक नदेखिएकोले अड्डाको गल्तीले अर्को ईलाकामा मुद्दा दर्ता भएको भन्न पनि नमिल्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9111
मुद्दाको विषयनकबजनी चोरी
निर्णय वर्ष / मिति2070/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9111
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्