संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सार्वजनिक हितको निमित्त राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्नसक्ने र सडक सीमा तोकिएकोमा सडक सीमा र सडक सीमा नतोकिएको सार्वजनिक सडकमा सो सडकको किनाराबाट ६/६ मिटरसम्म पर्खालबाहेक अन्य कुनै किसिमको स्थायी बनोट (स्ट्…
एउटा प्रयोजनका लागि रोक्का राखिएको सम्पत्ति सो प्रयोजनको समाप्त नभई अर्को प्रयोजनका लागि पुन: रोक्का राख्दा पहिले रोक्का राखिएको प्रयोजन नै निरर्थक वा प्रयोजनहीन हुने गरी दोहोरो रोक्का राख्न हुँदैन । प्रचलित कानूनले दोहोरो रोक्का राख्ने अधिकार मालपोत कार्यालयल…
पत्रपत्रिकाको वर्गीकरण सम्बन्धमा कानूनले तोकेका प्रक्रिया तथा सर्तहरूको परिपालना गरी वर्गीकरणमा समावेश हुन सहमति नै नभएको र पछि सहभागी नै नभएको पक्षले वर्गीकरणको नतिजाको परिणामबाट आफ्नो अधिकार हनन भएको भन्नु कानून तथा न्यायको रोहमा मान्य नहुने । कानूनले नै निर…
कानूनबमोजिम कर्जा प्रवाह गर्ने उद्देश्यले संस्थापित बैंक, वित्तीय संस्था आदिबाट कानूनले तोकेको रीत प्रक्रिया पूरा गरी लिएको कर्जा अंश बन्डाका लागि कर्जा असुलीका कानूनी प्रक्रियासम्म कुरिरहनुपर्ने भन्नु न्यायोचित नहुने । त्यस्ता निकायमा सगोलको सम्पत्ति धितो राख…
प्राकृतिक न्यायको सिद्धान्तलाई ढुङ्गामा कुँदिएको अक्षर जस्तो जड नियमका रूपमा लिन मिल्दैन । अपितु मुद्दाको तथ्य र विषयवस्तुबाट यसको यकिन गर्नुपर्ने । यसको सीमा र अपवादहरूसमेत रहेको हुन्छ । खासगरी नियमनकारी निर्णय (regulatory decision) गर्दा नियमले तोकेको प्रक्र…
कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७(४) मा श्रेणीगत रूपमा कार्यरत कर्मचारीलाई निश्चित समय पुगेको तथा योग्यताको आधारमा माथिल्लो तहसमेतमा समायोजन गर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त ऐनमा कहीँकतै पनि कार्यरत कर्मचारीलाई समायोजन गर्दा कार्यरत तह/पदभन्दा तल्लो…
कारागार नियमावली, २०२० ले कैद कट्टीलाई हक अधिकारको रूपमा नभई कैदीले कारागारभित्र निर्वाह गरेको भूमिकालाई कारागार प्रशासनले जाँची हेरी सोबापत कैद कट्टीमा छुट प्रदान गर्न सक्ने सुविधाको रूपमा चित्रित गरी कैद कट्टी गर्नपर्ने गरी बाध्यात्मक व्यवस्था गरेको नपाइने…
कुनै पनि विवादका सम्बन्धमा अदालतबाट कानूनबमोजिम कारबाही चली कानूनले निर्दिष्ट गरेको कार्यविधि पूरा गरी अन्तिम भइसकेको अवस्थामा यस अदालतले सानातिना बहानामा असाधारण अधिकारक्षेत्र ग्रहण गरी सम्पन्न भइसकेको काम कारबाहीलाई अकारण रिट क्षेत्रबाट हस्तक्षेप गर्नु न्याय…
मनासिब माफिकको समय निर्धारण गर्दा पक्षहरूले मुख मिलेको तथ्यका सम्बन्धमा सोही अनुकूल र मुख नमिलेमा कुनै पक्षलाई अन्यायिक समृद्धि (unjust enrichment) नहुने गरी मुद्दा गर्ने समयबारे निष्कर्षमा पुग्नु उपयुक्त देखिने । मनासिब माफिकको समयसम्म कुर्दा पनि करारको परिपा…
समावेशीको अर्थ सो वर्गबाट सहभागितासम्म सुनिश्चित गर्ने हो । परीक्षा वा अन्तर्वार्ता अनुत्तीर्ण व्यक्ति पनि उत्तीर्ण हुनुपर्छ भन्ने होइन । यस्तो तर्कलाई स्वीकार गर्न मिल्दैन । विशेषतः शिक्षाको क्षेत्रमा यस्तो तर्क स्वीकार गर्ने हो भने शिक्षा क्षेत्र नै धरासाय…
बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूका नाममा छुट्टाछुट्टै जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको देखिएबाट वादी प्रतिवादीहरूका बाबु-बाजेले आफ्नै पालामा आ-आफ्नो अंश भागको जग्गा आपसमा बन्डा गरी लिइसकेको र सोही जग्गाहरू नामसारी तथा बन्डा हुँदै वादी प्रति…
करारीय दायित्वसम्बन्धी विषय हो भन्ने मानेर कानूनी उपचारको मार्गसमेत अपनाएको अवस्थामा सोही विषयलाई लिएर रिट क्षेत्राधिकारबाट पनि समानान्तर रूपमा उपचार खोज्नु मनासिब नदेखिने । रिट क्षेत्रको प्रयोग जुनसुकै विषयमा गर्न सकिने नभई वैकल्पिक उपचार वा प्रभावकारी उपचारक…
जमानीको सिद्धान्तअनुसार मुख्य कारणीले तिर्नुपर्ने ऋण निजबाट असुलउपर नभएमा वा वहन गर्नुपर्ने दायित्व निजले पूरा गर्न नसकेमा जमानतकर्ताले कबुल गरेको रकम निजले लेखिदिएको सुरक्षणबाट असुलउपर गरी दायित्व वहन गराइने हो । यसरी जमानतकर्ताको दायित्व असीमित हुने नभई जमान…
छुट्टी भिन्न भइसकेका व्यक्तिको स्याहार गरेबापत प्राप्त गरेको जग्गा निजी आर्जनको हुने अवस्थामा सो जग्गामा अन्य अंशियारहरूको अंश हक लाग्ने प्रकृतिको नदेखिने । (प्रकरण नं. ४) जग्गा प्राप्तिको स्रोत नै निजी आर्जनको रहेको अवस्थामा ती जग्गाहरू बिक्री गरी आएको रकमबाट…
कानूनमा प्रयुक्त कुनै शब्दावलीको व्याख्या कुनै एक दुई शब्दलाई मात्र टपक्क टिपी निरपेक्ष रूपमा नगरी तत्सम्बन्धी कानूनी व्यवस्था, त्यस्तो कानूनी व्यवस्था गर्नुको उद्देश्य, गर्नुपर्ने कर्तव्यको प्रकृति तथा त्यसबाट पर्न सक्ने प्रभावलगायतका समग्रतामा गरिनुपर्ने । उ…
आरोपित व्यक्तिले गरेको बयानमा खुलाएका घटनाका श्रृङ्खला तत् मुद्दासँगको सान्निध्यता, बयान बेहोरा पत्यारलायक छन्, छैनन भन्ने वस्तुगत अवस्था (Objective Test) समेतका समग्र अवस्थाको मूल्याङ्कन र विश्लेष्ण गरी आरोपित व्यक्तिले गरेको अनुसन्धान अधिकारी वा अदालतसमक्ष ग…
वंशजको नागरिकता रगतको नाता (Jus Sanguinis) बाट पाउने नागरिकता हो । वंशजको नागरिकता व्यक्तिको नैसर्गिक अधिकार हो । विवाह वा सन्तान जन्मेको आधारमा व्यक्तिको वंशजको नागरिकतामा असर पर्न सक्दैन । निजले आफ्नो नागरिकता नलिएमा वा परित्याग गरेको अवस्थामा बाहेक वंशजको न…
कर्मचारीतन्त्रको विशेषतामध्ये कर्मचारीहरू एउटा कानूनी ढाँचामा बाँधिनु पनि हो । यसमा कर्मचारीहरूमा अनुशासन कायम गर्ने र कर्मचारीहरू राजनीतिलगायत अन्य कुनै पनि क्रियाकलापबाट प्रभावित नभई तटस्थ र निष्पक्ष रही प्रभावकारी तवरले सेवा प्रवाह गर्नुपर्ने र कर्मचारी प्र…
देशको सीमाङ्कन गर्ने, सीमा क्षेत्रबाट एक अर्को देशमा आवत-जावत गर्ने नाका (मार्ग) तोक्ने जस्ता रणनीतिक विषय सन्धि सम्झौता वा द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धका आधारमा कार्यपालिकाले निर्णय गर्ने विषय भए पनि नागरिकको अधिकार तथा हक हितसँग प्रत्यक्ष सरोकार रहने सि…
ऐनमा जनही जरिवाना हुने भन्ने व्यवस्था नभएको अवस्थामा ठहरेको बिगोअनुसार धेरैजना प्रतिवादीहरू भएकोमा सो बिगो दामासाही भई सो दामासाहीले हुने हदसम्मको रकम बराबर जनही जरिवाना गर्नुपर्ने विधायिकी मनसाय हुने । भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोबमोजिम जनही भन्ने शब्दाव…
प्रतिवादीले पीडितको योनिमा औंला छिराउने र मुखले चलाउने कार्य गरेकोसमेत देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा भएको व्यवस्थाबमोजिम लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने र प्रतिवादीले पीडितको योनिमा औ…
सगोल परिवारबाट कुनै अंशियार अंश छोडपत्र गरी वा अंश भरपाई गरी अलग हुँदा सगोलका अन्य अंशियारसमेत उपस्थित भई लिखतमा साक्षी बसेको वा मन्जुरीको छुट्टै कागज गरिदिएको भए मात्र त्यस्तो लिखतले कानूनी मान्यता पाउने । अंशियारहरू जहाँसुकै रहेबसेको भए पनि ती अंशियारहरू विध…
कुनै जग्गा आफू वा आफ्ना परिवारका व्यक्ति वा निश्चित व्यक्तिहरूको समूहले मात्र प्रयोग गर्ने भनी सो अभिप्राय प्रस्ट हुने गरी लिखित रूपमा उद्घोष गरिएको अवस्थामा बाहेक अन्य अवस्थामा अर्थात् तेस्रो व्यक्तिले समेत प्रयोग गरेको अवस्थामा बाटोको रूपमा प्रयोग हुने गरेक…