नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11036 · वि.सं. २०८०

नि.नं. 11036 — सुनसमेत चोरी पैठारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऐनमा जनही जरिवाना हुने भन्ने व्यवस्था नभएको अवस्थामा ठहरेको बिगोअनुसार धेरैजना प्रतिवादीहरू भएकोमा सो बिगो दामासाही भई सो दामासाहीले हुने हदसम्मको रकम बराबर जनही जरिवाना गर्नुपर्ने विधायिकी मनसाय हुने । भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोबमोजिम जनही भन्ने शब्दावली छैन । बिगोबमोजिम जरिवाना हुने भन्ने रहेको छ । कसुर ठहरेको दशीको बिगोअनुसार जरिवाना हुने भन्नुको अर्थ सो बिगोको हदसम्म मात्र कसुरदार वा कसुरदारहरूबाट राज्यले लिने वा लिन पाउने भन्ने हो । धेरैजना प्रतिवादीहरू रहेकोमा बिगोबमोजिम सबैबाट लिने भन्ने होइन । त्यसो गर्दा तीनजना कसुरदार ठरहेको देखिएको प्रस्तुत मुद्दाको वारदातको प्रकृति र अवस्थामा तीनजनाबाटै सोबमोजिम रकम जरिवानाका रूपमा असुल गर्दा बिगोभन्दा तीन गुणा बढी रकम जरिवाना असुल हुने अवस्था आउने भई त्यसबाट राज्य पक्षलाई अन्यायिक समृद्धि हुने । (प्रकारण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11036
मुद्दाको विषयसुनसमेत चोरी पैठारी
निर्णय वर्ष / मिति2078/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७५-CR-२६८१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11036
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्