नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11034 · वि.सं. २०८०

नि.नं. 11034 — दूषित अंश भरपाई लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

सगोल परिवारबाट कुनै अंशियार अंश छोडपत्र गरी वा अंश भरपाई गरी अलग हुँदा सगोलका अन्य अंशियारसमेत उपस्थित भई लिखतमा साक्षी बसेको वा मन्जुरीको छुट्टै कागज गरिदिएको भए मात्र त्यस्तो लिखतले कानूनी मान्यता पाउने । अंशियारहरू जहाँसुकै रहेबसेको भए पनि ती अंशियारहरू विधिवत् रूपमा छुट्टिभिन्न भएका हुन् वा होइनन् र तिनीहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो वा होइन, अंशियारहरूको नाउँमा भएको सम्पत्ति नरम करम मिलेको छ वा छैन, अनुपातिक हिसाबले बराबर देखिन्छ वा देखिँदैन भन्ने तथ्यगत विश्लेषणबाट निष्कर्ष निकाल्नुपर्ने । अलग/अलग घर धुरी गरी बसेको आधारमा मात्र छुट्टिभिन्न भएका हुन् भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ७) सगोलको सम्पत्ति घटी बढी पार्ने गरी भएको लिखतमा सम्बन्धित अंशियारहरूको मन्जुरी भएमा मात्र त्यस्तो लिखतले कानूनी मान्यता पाउने । (प्रकरण नं. ८) कुनै एक अंशियारमात्र अलग हुन खोजेको हो भने अन्य अंशियारको सहमति मन्जुरी अनिवार्य हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11034
मुद्दाको विषयदूषित अंश भरपाई लिखत बदर
निर्णय वर्ष / मिति2078/06/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७६-CI-०५९३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11034
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्