नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11033 · वि.सं. २०८०
नि.नं. 11033 — बाटो कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै जग्गा आफू वा आफ्ना परिवारका व्यक्ति वा निश्चित व्यक्तिहरूको समूहले मात्र प्रयोग गर्ने भनी सो अभिप्राय प्रस्ट हुने गरी लिखित रूपमा उद्घोष गरिएको अवस्थामा बाहेक अन्य अवस्थामा अर्थात् तेस्रो व्यक्तिले समेत प्रयोग गरेको अवस्थामा बाटोको रूपमा प्रयोग हुने गरेको जग्गालाई सार्वजनिक सम्पत्ति नै मान्नुपर्ने । निजी तवरबाट वा निश्चित व्यक्ति वा व्यक्तिहरूको समूहले मात्र प्रयोग गर्न पाउने भनी किटानी रूपमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कसैको नाममा दर्ता रहेको कुनै जग्गा बाटोको रूपमा प्रयोग गर्ने गरी छुट्याएपछि त्यसलाई सार्वजनिक प्रयोजनका लागि समर्पण गरेको मान्नुपर्ने । (प्रकारण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11033 |
|---|---|
| मुद्दाको विषय | बाटो कायम |
| निर्णय वर्ष / मिति | 2079/07/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री सिताप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई | माननीय न्यायाधीश श्री चण्डिराज ढकाल |
| मुद्दा नं. | ०७३-CI-०१३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11033 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
