नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11035 · वि.सं. २०८०

नि.नं. 11035 — बाल यौन दुराचार (पेडोफाएल)

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले पीडितको योनिमा औंला छिराउने र मुखले चलाउने कार्य गरेकोसमेत देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा भएको व्यवस्थाबमोजिम लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने र प्रतिवादीले पीडितको योनिमा औंला छिराउने, मुखले चलाउनेसमेतको कार्य गरेको देखिएकोले निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा परिभाषित जबरजस्ती करणीको कसुर गरेको भन्ने पुष्टि भएको देखिने । (प्रकरण नं. ४) पेडोफाएल भन्नाले बालबालिकाहरू प्रति मात्र लक्षित गरी बालयौनसम्बन्धी व्यवहारमा सक्रिय हुने मानसिकतालाई बुझाउँछ । पेडोफाएलबाट ग्रस्त व्यक्तिले आफ्नो बालबालिका लक्षित यौनजन्य मनसायबमोजिम कुनै क्रिया नगर्दाको अवस्थासम्म त्यसलाई कसुरको संज्ञा दिन मिल्ने देखिँदैन । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकालाई यौनजन्य क्रियाकलापमा प्रयोग गर्नका निम्ति उनीहरूलाई सुरूमा माया गरी उपहार दिई नजिक हुने प्रयास गरेको पाइने । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकाहरूलाई डर, त्रास, धाक, धम्की जस्ता व्यवहार गर्ने गरेको नपाइने । कुनै व्यक्ति पेडोफाएलको परिधिभित्र पर्ने नपर्ने विषय निजको अरू बालबालिका लक्षित क्रियाकलापहरूबाट समेत देखिनुपर्ने र प्रतिवादी पेडोफाएल हो होइन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरी प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11035
मुद्दाको विषयबाल यौन दुराचार (पेडोफाएल)
निर्णय वर्ष / मिति2079/08/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७५-CR-०४१२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11035
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्