सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २२१ नजिर अभिलेखमध्ये पृष्ठ ६ / १०

नि.नं. 11104वि.सं. २०८०संयुक्त इजलास

अंश दर्ता

एक विवाहिता नारीलाई निजको सहमति मन्जुरी नलिई निजले दिएको अंश मुद्दालाई प्रभावित पार्ने गरी पतिले सगोलको सम्पत्तिबाट कानूनबमोजिम नरम करमको अंश नलिई अन्य आंशियारलाई छोडी नाम मात्रको अंश लिएर बन्डापत्रको कागज गर्नु न्यायसङ्गत मान्न नसकिने । कसैले आफ्नो हक परित्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11103वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

सहप्रतिवादी कसुरदार ठहर भएकै कारण अन्य प्रतिवादी पनि कसुरदार रहेको भनी अनुमान गर्न नमिल्ने । एक जनाभन्दा बढी अभियुक्तको संलग्नता रहेको आपराधिक कार्यमा गोश्वारा रूपमा सबै अभियुक्तलाई कसुरदार ठहर हुने वा सफाइ प्रदान हुने भन्ने नहुने । कुन अभियुक्तले के कस्तो भूम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11102वि.सं. २०८०संयुक्त इजलास

कालो बजार तथा अन्य केही सामाजिक अपराध

सिमेन्टको गुणस्तर परीक्षण गर्ने साधिकार निकाय गुणस्तर तथा नापतौल विभागले गरेको नमुना परीक्षणमा अविश्वास गर्नुपर्ने देखिँदैन । मुद्दा हेर्ने अधिकारीले नमुनाको पुनः परीक्षण गर्नुपर्ने आवश्यक ठानी आदेश गरेको अवस्थामा बाहेक पुनः परीक्षण गर्न नपर्ने । (प्रकरण नं. ७…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11101वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

एउटा महिलाको पारिवारिक, सामाजिक तथा सांस्कृतिक परिवेशसमेतका कारण निजको प्रतिष्ठामा आँच आउने, कलङ्कित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्तताका साथै समाजले पुर्‍याउन सक्ने थप पीडाको डरका बाबजुद जबरजस्ती करणी कसुरको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11100वि.सं. २०८०संयुक्त इजलास

हदबन्दी

मोहीको हकको विषय जुन व्यक्तिले मोहीको रूपमा जग्गा कमाएको छ, उही व्यक्तिको जीवनकालमा गणना गरिनु उचित र मनासिब हुने । मोहीको रूपमा जोतकमोद गरी कमाएको जग्गा नरमकरम मिलाई जग्गाधनीसँग नियम कानूनबमोजिम बाँडफाँट गरी आफ्नो नाममा मोही नामसारी गरी लिएपछि वास्तविक मोहीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11099वि.सं. २०८०पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै पनि व्यक्तिको वतन कुन स्थानलाई मान्ने भन्ने सम्बन्धमा व्यक्तिको वतन निजको जन्म, घर जग्गा रहेको स्थान, कुनै उद्योग व्यवसाय गर्दा रहेबसेको स्थान आदि फरकफरक रहन सक्ने । वतन स्थायी वा अस्थायी हुन सक्छ, व्यक्तिको वतन निज तत्काल बसोबास गरेको स्थानका आधारमा निर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11098वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

माफीसम्बन्धी राष्ट्रप्रमुखलाई प्रदान गरिएको अधिकार, अधिकार मात्र नभएर संवैधानिक व्यवस्थाभित्रको संवैधानिक दायित्वसमेत हो । तर कुनै पनि संवैधानिक वा कानूनी अधिकार अराजक ढङ्गले चलाउन नपाइने । सबै सार्वजनिक अधिकार, संवैधानिक अधिकारसमेत, कहिल्यै पनि स्वइच्छाचारी व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11097वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

अनेकौं लैङ्गिक पहिचानका शब्दहरू विकास भएर मानिसहरू आफूलाई परिचित गर्दै खुलेर पहिचान गराइरहेको वर्तमान परिप्रेक्ष्यमा तेस्रो लिङ्गी शब्दले सबैलाई जनाउन नसक्ने हुनाले उक्त शब्दको प्रयोगले समग्र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको पहिचान सङ्कुचित हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11096वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

वारदातको प्रकृति, कसुरदारको कसुरजन्य कार्यको समग्र अवस्थाको वस्तुगत स्थिति नै थप कसुरजन्य कार्य हो होइन भन्ने निर्धारक तत्त्व हुने । आफैँले गर्भवती बनाएको महिलालाई करणी गर्नु नै थप कसुर कायम गर्न सकिने अवस्था नरहने । जबरजस्ती करणी र सो जबरजस्ती करणीमा हुने थप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11095वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

वातावरणसम्बन्धी समस्याको समाधान गर्नुपरेमा जुन कुरा गर्दा वातावरणको बलियो संरक्षण हुन्छ, सोही कार्य गरिनुपर्छ भन्ने सिद्धान्त (In Dubio Pro Natura Principle) को आधारमा पनि ४० माइक्रोन मोटाइभन्दा कमको प्लाष्टिकमा लगाइएको प्रतिबन्धलाई परिवर्तन गर्नु उचित नहुने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11094वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूको रूपमा रहेका गाउँसभाका अत्यधिक बहुमत सदस्यहरूले केन्द्र परिवर्तनको आवश्यकता ठानी गरेको निर्णयमा ती सदस्यहरूको विवेकभित्र प्रवेश गरी तिनीहरूको विवेक परीक्षण गरी अदालतले अन्यथा तवरबाट हस्तक्षेप गर्नु मनासिब नहुने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11093वि.सं. २०८०संयुक्त इजलास

ज्यान मार्ने उद्योग

कुनै व्यक्तिलाई मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्नका लागि सम्बन्धित विशेषज्ञले निज व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट दिएको हुनुपर्ने । मानसिक रोगको बिरामी भई सोको औषधी सेवन गर्ने व्यक्तिलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11092वि.सं. २०८०संयुक्त इजलास

बहुविवाह

कुन काम वा क्रियालाई फौजदारी कसुर भनी मान्नुपर्ने, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरिसक्नुपर्ने भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11091वि.सं. २०८०संयुक्त इजलास

कम्पनी दर्ता निर्णय बदरसमेत

विद्यमान कम्पनी कानूनमा कम्पनीको स्वेच्छिक खारेजी (Voluntary Liquidation) बाहेक कम्पनीको दर्ता खारेजी (Deregistration) का लागि निश्चित पूर्वावस्थाहरू तोकेको देखिन्छ । कम्पनीको खारेजी वा दर्ता खारेजीबाट कम्पनीको संस्थागत जीवनको अन्त्य हुने भएकोले कम्पनी खारेजील…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11090वि.सं. २०८०संयुक्त इजलास

अंश दर्ता

वृद्ध अवस्था भएको र घर-व्यवहार चलाउन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम बुहारी तथा नातिलाई बकसपत्रको माध्यमबाट आफ्नो नाम दर्ताको जग्गाको स्रेस्तासम्म सारिदिएको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11089वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ तथा कारागार नियमावली, २०२० को नियम २९(२क) बमोजिम सुविधा प्रदान गर्दा तजबिज प्रयोग गरी मूल्याङ्कन गरिनुपर्ने अवस्था रहेको देखिने । तर यसको तात्पर्य निर्णय गर्ने अधिकारीले यसप्रकारको तजबिजी अधिकार हो भन्ने कुराको आडमा निर्णय नै नग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11088वि.सं. २०८०संयुक्त इजलास

( उत्प्रेषण परमादेशसमेत

उत्प्रेषण परमादेशसमेत

शिक्षा सामान्यतया राज्यबाहेकका निकायको पनि परोपकारी र लोककल्याणकारी कार्यभित्रको विषय हो । यसमा नाफा खोज्नुभन्दा पनि सामान्यतया गैरनाफामूलक ट्रष्ट प्रकृतिको संस्थाहरूका माध्यमबाट न्यूनतम शुल्कमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्नुपर्ने । ९प्रकरण नं। ३० शिक्षा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11087वि.सं. २०८०संयुक्त इजलास

फैसला बदर

मुद्दामा पक्षको रूपमा रहेका कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा निजको हकवालामध्येका पत्नी वा छोरा कसैले पनि मुद्दा सकार गर्न पाउने । यदि एकभन्दा बढी हकवालाले मुद्दा सकार गर्न चाहेको वा मुद्दा सकार गर्ने कुरामा नै विवाद रहेको अवस्थामा भने मुद्दा सकार गर्ने हक क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11086वि.सं. २०८०संयुक्त इजलास

आगोलागी

सरकारी निकायबाट क्षतिको मूल्याङ्कन नभएको भन्ने आधारमा बिगो भराउन नपर्ने भनी ठहर गर्नु तर्कपूर्ण र मनासिब नहुने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11085वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

विद्यालयले अनुभवको प्रमाणको लागि दिएको To Whom it may Concern को प्रमाणपत्रलाई अवकाश दिएको भनी मान्न नसकिने । एकेडेमीको कर्मचारी विनियमबमोजिम नियुक्ति दिएको पत्रलाई विनियमबमोजिमको प्रक्रिया अपनाई अवकाश दिएर अन्त्य गर्नुपर्ने । कुनै उद्योग तथा प्रतिष्ठानले आफ्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11084वि.सं. २०८०संयुक्त इजलास

( लिखत दर्ता बदर दर्ता

लिखत दर्ता बदर दर्ता

कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभए तापनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, अवस्था हेरी उक्त सम्पत्ति बन्डा लाग्न सक्ने हो वा होइन भनी निर्धारण गर्नुपर्ने । ९प्रकरण नं। ८० पैतृक सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्ले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11083वि.सं. २०८०पूर्ण इजलास

उत्प्रेषण / परमादेश

कुनै खास काम वा परिश्रम गरेबापत पारिश्रमिकको रूपमा केही जग्गा जोती बाली खान दिएको अवस्थामा त्यसरी बाली खाने व्यक्ति वा गुठियार खान्गीदारको हैसियत जोताहा मोहीको नहुने । मोहीको हैसियत प्राप्त गर्न गुठी संस्थानको लिखित मन्जुरीसहित कानूनबमोजिमको अन्य प्रक्रियासमेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11082वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने । असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11081वि.सं. २०८०संयुक्त इजलास

लेनदेन

नामसारीको लागि भनी सहीछाप गराई जालसाजीपूर्वक कपाली तमसुकको कागज गराएको भनी जिकिर लिँदैमा उक्त जिकिर पुष्टि नहुने । सो जिकिरलाई प्रमाणित गर्ने वस्तुनिष्ठ, ठोस, विश्वासिलो आधार र प्रमाण हुनुपर्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →