नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11090 · वि.सं. २०८०

नि.नं. 11090 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

वृद्ध अवस्था भएको र घर-व्यवहार चलाउन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम बुहारी तथा नातिलाई बकसपत्रको माध्यमबाट आफ्नो नाम दर्ताको जग्गाको स्रेस्तासम्म सारिदिएको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न नमिल्ने । असल नियतले पारिवारिक सल्लाहबमोजिम भएगरेको कार्यको सम्बन्धमा अन्य अंशियारको उजुर नालेस पर्ने अवस्था पनि नरहने । वादीले आफ्नो छोरा र बुहारीलाई पहिले नै बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिबाट निजले अंश नपाउने भन्ने हुँदैन । यसरी अंशियारहरू एकासगोलमा रहेको अवस्थामा जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति भए पनि सबै अंशियारले बराबरी बन्डा गरी लिन पाउने । वादी आमा/सासूले छोरा बुहारीलाई गरिदिएको बकसपत्र लिखत बदर गर्नु गराउनुपर्ने पनि देखिएन । यस अवस्थामा दाबीको जग्गा वादीले बकस गरिदिएको र बकसपत्र बदर सम्बन्धमा कुनै अंशियारको नालेस उजुर परी बदर नभएको भन्ने आधारमा वादीको अंश हक गएको र ती जग्गाहरूमा प्रतिवादीहरूको एकलौटी हक कायम भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11090
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2079/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७३-CI-१५८९
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11090
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्