नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11095 · वि.सं. २०८०

नि.नं. 11095 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

वातावरणसम्बन्धी समस्याको समाधान गर्नुपरेमा जुन कुरा गर्दा वातावरणको बलियो संरक्षण हुन्छ, सोही कार्य गरिनुपर्छ भन्ने सिद्धान्त (In Dubio Pro Natura Principle) को आधारमा पनि ४० माइक्रोन मोटाइभन्दा कमको प्लाष्टिकमा लगाइएको प्रतिबन्धलाई परिवर्तन गर्नु उचित नहुने । अहिले प्लाष्टिक मानव जीवनको दैनिकीसँग निकै गहिरो रूपमा जोडिएको छ । यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन सकिने अवस्था छैन तर यसबाट हुने हानि निकै व्यापक र जटिल रहेको हुँदा यसको जथाभावी प्रयोगलाई नियमन गर्नु अत्यावश्यक देखिने । यस्तोमा कानून र विज्ञानको समन्वयमा प्लाष्टिक प्रयोगसँग सम्बन्धित खतराउपर विचार गरेर आवश्यक नियमनकारी व्यवस्था गर्नु आवश्यक देखिने । (प्रकरण नं. ११) काठमाडौं जस्तो व्यापक जनसङख्या र उपभोक्ता रहेको सहरमा प्लाष्टिकमा गरिएको नियमनलाई परिवर्तन गरी पछि हट्दा स्वास्थ्य, पर्यावरण, जैविक विविधतामा नकारात्मक असर पर्ने र वातावरण कानूनको शासन (environment rule of law) को समेत विपरीत हुन जाने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11095
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/01/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७५-WO-००७२ | ०७१-WO-०७६७
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11095
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्