नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11100 · वि.सं. २०८०
नि.नं. 11100 — हदबन्दी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोहीको हकको विषय जुन व्यक्तिले मोहीको रूपमा जग्गा कमाएको छ, उही व्यक्तिको जीवनकालमा गणना गरिनु उचित र मनासिब हुने । मोहीको रूपमा जोतकमोद गरी कमाएको जग्गा नरमकरम मिलाई जग्गाधनीसँग नियम कानूनबमोजिम बाँडफाँट गरी आफ्नो नाममा मोही नामसारी गरी लिएपछि वास्तविक मोहीको मृत्युपश्चात् उक्त जग्गा निजका अर्को पुस्ताका हकदार अंशियारहरूमा नामसारी भइसकेपछि सोही विषयलाई उठाई विवाद अदालतमा ल्याउनु न्यायपूर्ण नहुने । मोहीको हैसियतले कमाई प्राप्त गरेको जग्गा मोहीको मृत्युपश्चात् निजको हकवालामा अंशबापत गइसकेपछि उक्त जग्गाको र जग्गावालाको हैसियत परिवर्तन भएको मान्नुपर्ने । मोही पनि निश्चित समयमा जग्गावाला हुन सक्ने । मोहीको हैसियतले राख्न पाउने जग्गाको हद र जग्गाधनीले राख्न पाउने हदको सीमा कानूनले तोकेबमोजिम हुने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11100 |
|---|---|
| मुद्दाको विषय | हदबन्दी |
| निर्णय वर्ष / मिति | 2078/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७४-CI-०५७२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11100 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
