नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11104 · वि.सं. २०८०

नि.नं. 11104 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

एक विवाहिता नारीलाई निजको सहमति मन्जुरी नलिई निजले दिएको अंश मुद्दालाई प्रभावित पार्ने गरी पतिले सगोलको सम्पत्तिबाट कानूनबमोजिम नरम करमको अंश नलिई अन्य आंशियारलाई छोडी नाम मात्रको अंश लिएर बन्डापत्रको कागज गर्नु न्यायसङ्गत मान्न नसकिने । कसैले आफ्नो हक परित्याग गर्दैमा अन्य अंशियारको अंश हक पनि गुमेको अर्थ गर्न नमिल्ने । व्यक्तिको कानूनी हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको बन्डापत्रलाई कानूनी मान्यता दिनु उपयुक्त नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11104
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2079/06/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७२-CI-०८९० | ०७४-CR-०४५६ | ०७०-CP-०१२९ | ०७२-CR-०८९५
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11104
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्