नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11096 · वि.सं. २०८०

नि.नं. 11096 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

वारदातको प्रकृति, कसुरदारको कसुरजन्य कार्यको समग्र अवस्थाको वस्तुगत स्थिति नै थप कसुरजन्य कार्य हो होइन भन्ने निर्धारक तत्त्व हुने । आफैँले गर्भवती बनाएको महिलालाई करणी गर्नु नै थप कसुर कायम गर्न सकिने अवस्था नरहने । जबरजस्ती करणी र सो जबरजस्ती करणीमा हुने थप सजायको व्यवस्था एकअर्काका पारस्परिक र परिपूरक कानूनी व्यवस्थाको रूपमा मान्नुपर्ने । कुनै गर्भवती महिलालाई जबरजस्ती करणी गर्नु र राजीखुसीसाथ करणी लेनादेना भइरहेको बखत गर्भ रहेको स्थितिपश्चात् पनि करणी लेनादेना हुनु अन्तरयुक्त अवस्था भएको देखिने । कानूनको व्याख्या सादृश्यताका साथ सङ्गतपूर्ण तवरबाट गर्नुपर्ने । गर्भवती महिलालगायत थप कसुर कायम हुने अपराधजन्य कार्यको तमाम प्रकृति र परिवेशबाट मुलुकी ऐन जबरजस्ती करणीको ३क. बमोजिमको थप सजायको वस्तुगत निष्कर्ष निकाली न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11096
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2080/04/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
मुद्दा नं.०७६-CR-०२९३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11096
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्