नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11092 · वि.सं. २०८०
नि.नं. 11092 — बहुविवाह
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुन काम वा क्रियालाई फौजदारी कसुर भनी मान्नुपर्ने, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरिसक्नुपर्ने भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने । यी सबै विधायिकी कार्यक्षेत्र (legislative function) भित्रका कुरा हुने । ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागु गर्नुपर्ने । (प्रकरण नं.५) कुनै पनि व्यक्तिलाई कानूनले दिएको अधिकार वा सुविधालाई तथ्य ढाँटी दुरूपयोग गर्ने छुट नहुने । आफूलाई थाहा जानकारी भएको र नेपाल सरकार मातहतकै कार्यालयमै गई सम्बन्ध स्वीकार गरी मिलापत्र गरेको तथ्य ढाँटी लुकाई सरकारी संयन्त्रलाई क्रियाशील बनाउनु राज्यको स्रोत साधनको दुरूपयोग मान्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11092 |
|---|---|
| मुद्दाको विषय | बहुविवाह |
| निर्णय वर्ष / मिति | 2078/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७२-CR-०२९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11092 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
