नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11102 · वि.सं. २०८०
नि.नं. 11102 — कालो बजार तथा अन्य केही सामाजिक अपराध
सिद्धान्त / नजिर सार (Headnote Summary)
सिमेन्टको गुणस्तर परीक्षण गर्ने साधिकार निकाय गुणस्तर तथा नापतौल विभागले गरेको नमुना परीक्षणमा अविश्वास गर्नुपर्ने देखिँदैन । मुद्दा हेर्ने अधिकारीले नमुनाको पुनः परीक्षण गर्नुपर्ने आवश्यक ठानी आदेश गरेको अवस्थामा बाहेक पुनः परीक्षण गर्न नपर्ने । (प्रकरण नं. ७) नमुना परीक्षण गर्दा व्यक्तिको स्वविवेकले जाँच प्रतिवेदन तयार गर्ने नभई विज्ञान र सिद्धान्तको आधारमा प्रतिवेदन तयार गरिने भएकाले उक्त प्रतिवेदन गलत भएको भनी साक्षीले भनेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. ९) एक पटक यस अदालतले हेरी अभियोग पत्र खारेज गर्न नमिल्ने कानूनबमोजिम गर्नु भनी निर्क्यौल गरिसकेको विषयमा पुनः सोही विषयलाई जिकिरका रूपमा लिई पुनरावेदन गर्ने कार्यलाई औचित्यपूर्ण मान्न सकिँदैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11102 |
|---|---|
| मुद्दाको विषय | कालो बजार तथा अन्य केही सामाजिक अपराध |
| निर्णय वर्ष / मिति | 2079/09/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७०-CR-०६३४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11102 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
