नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11103 · वि.सं. २०८०

नि.नं. 11103 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

सहप्रतिवादी कसुरदार ठहर भएकै कारण अन्य प्रतिवादी पनि कसुरदार रहेको भनी अनुमान गर्न नमिल्ने । एक जनाभन्दा बढी अभियुक्तको संलग्नता रहेको आपराधिक कार्यमा गोश्वारा रूपमा सबै अभियुक्तलाई कसुरदार ठहर हुने वा सफाइ प्रदान हुने भन्ने नहुने । कुन अभियुक्तले के कस्तो भूमिका खेलेको छ, प्रत्येक अभियुक्तले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गरी निजको कसुर यकिन गरी सजाय निर्धारण गर्ने वा बेकसुर देखिए सफाइ प्रदान गरिनुपर्ने । सबै अभियुक्तहरू समान रूपले कसुरदार हुने वा सबै अभियुक्तले सफाइ पाउने भन्न तर्कसङ्गत नहुने । (प्रकरण नं. १८) प्रमाण पुर्‍याउने भार अभियोक्तामा रहने, निर्दोषिताको अनुमान अभियुक्तको पक्षमा जाने तथा शंकाको सुविधा अभियुक्तले पाउने जस्ता फौजदारी न्यायका सर्वमान्य सिद्धान्तबमोजिम शंका जतिसुकै बलियो भए पनि त्यसले निर्णायक प्रमाणको स्थान लिन नसक्ने हुँदा प्रतिवादीले कसुर गरे होलान् भन्ने शंकात्मक अवस्थाको आधारमा प्रतिवादीलाई कसुरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11103
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/10/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७३-CR-०२२६ | ०७२-CR-१६९५ | ०७२-RC-०१०६ | ०६३-CR-०३९२ | ०७२-CR-०२२६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11103
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्