नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11099 · वि.सं. २०८०

नि.नं. 11099 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि व्यक्तिको वतन कुन स्थानलाई मान्ने भन्ने सम्बन्धमा व्यक्तिको वतन निजको जन्म, घर जग्गा रहेको स्थान, कुनै उद्योग व्यवसाय गर्दा रहेबसेको स्थान आदि फरकफरक रहन सक्ने । वतन स्थायी वा अस्थायी हुन सक्छ, व्यक्तिको वतन निज तत्काल बसोबास गरेको स्थानका आधारमा निर्धारण गरिने विषय हुने । कुनै पनि व्यक्तिको वतन कायम हुन निज बसोबास गर्ने गरेको घर निजको नामको हो होइन भन्ने कुराले निर्धारित गर्ने नभई निजको बसोबासले निर्धारण गर्ने । (प्रकरण नं. ५) सक्षम अदालतबाट भएको फैसलाका आधारमा भएका काम कारबाहीलाई बदर गरिपाउँ भनी सामान्य त्रुटि देखाई अन्तिम भई बसेको फैसलालाई अन्यथा हुने गरी निर्णय गरेमा अदालतका फैसलाहरूको अन्तिमताको सिद्धान्त अर्थहीन हुन जाने । न्यायपालिकाप्रतिको जनआस्थालाई मर्माहत बनाउने गरी कानूनका सामान्य प्राविधिक त्रुटिका आधारमा अदालतबाट सजाय पाएको कसुरदारको सजाय कार्यान्वयनलाई हल्का र खुकुलो तरिकाले लिई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै जाँदा दण्डहीनताले प्रश्रय पाई अदालतका फैसला निष्प्रभावी भई विधिको शासनको औचित्यमाथि नै प्रश्न चिह्न खडा हुन जाने । यसले कानून परायणताको संस्कारमा ह्रास आई कानून छल्ने प्रवृत्ति बढ्न गई हामीले विगतदेखि अपनाउँदै आएको प्रचलित न्यायिक मान्यता प्रणाली र परिपाटी प्रतिकूल हुन जाने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11099
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2076/11/08
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७६-NF-००२२ | ०७०-CB-००७० | ०७०-FJ-००१६ | ०७०-CB-००६७ | ०७४-CP-०२४४ | ०७५-WO-०६२६ | ०७५-WO-०६२७ | ०७५-WO-०६२८ | ०७५-WO-०६२९ | ०७६-RV-००६७ | ०७४-RB-०१५७ | ०७६-NF-००२४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11099
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्