नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11087 · वि.सं. २०८०
नि.नं. 11087 — फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दामा पक्षको रूपमा रहेका कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा निजको हकवालामध्येका पत्नी वा छोरा कसैले पनि मुद्दा सकार गर्न पाउने । यदि एकभन्दा बढी हकवालाले मुद्दा सकार गर्न चाहेको वा मुद्दा सकार गर्ने कुरामा नै विवाद रहेको अवस्थामा भने मुद्दा सकार गर्ने हक कसमा रहेको छ भनी निरूपण गरिनुपर्ने अवस्था पनि रहन सक्ने । तर मर्नेको हकमा मुद्दा सकार गर्न निजको पत्नी वा छोरा आएको र अन्य कोही कसैले दाबी विरोध नगरेको अवस्थामा मर्ने व्यक्तिको एकाघर सगोलका पत्नी वा छोराले मुद्दा सकार गरेको कार्यलाई बेरितको वा कानूनी रूपमा त्रूटिपूर्ण मान्न नमिल्ने । मर्नेका नजिकका हकवालाहरू को को छन् भनी मुद्दा हेर्ने निकायले खोजी गर्नुपर्ने र निजहरूलाई झिकाई बुझ्नुपर्ने कुनै कानूनी अनिवार्यता रहेको समेत नदेखिने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11087 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर |
| निर्णय वर्ष / मिति | 2077/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७२-CI-२०४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11087 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
