नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11098 · वि.सं. २०८०
नि.नं. 11098 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
माफीसम्बन्धी राष्ट्रप्रमुखलाई प्रदान गरिएको अधिकार, अधिकार मात्र नभएर संवैधानिक व्यवस्थाभित्रको संवैधानिक दायित्वसमेत हो । तर कुनै पनि संवैधानिक वा कानूनी अधिकार अराजक ढङ्गले चलाउन नपाइने । सबै सार्वजनिक अधिकार, संवैधानिक अधिकारसमेत, कहिल्यै पनि स्वइच्छाचारी वा बदनियतपूर्वक प्रयोग गरिनु नहुने । यसो भएमा, यही बिन्दुमा माफीको अधिकारको प्रयोगमा न्यायिक परीक्षण अपरिहार्य हुने । अदालतले यस्तो अवस्थालाई निरन्तरता दिन नसक्ने र नमिल्ने । वैधानिक अधिकारको प्रयोगमा निष्पक्षता र समानताकै सुनिश्चिततालाई बलियोसँग समातिएमा उल्लिखित विचलनलाई रोक्न सकिनेतर्फ सबै सार्वजनिक अधिकारको प्रयोग गर्नेले बुझ्न जरूरी देखिने । ९प्रकरण नं। २३० नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ मा मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसमा राष्ट्रपतिले अन्तिम स्वीकृति गर्नुपर्ने र जुनसुकै अदालत वा निकाय वा पदाधिकारीबाट भएको जुनसुकै कसुरको सजायमा माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था रहेको देखिने । मन्त्रिपरिषद्को निर्णायक सिफारिसमा राष्ट्रपतिबाट अन्तिम स्वीकृति हुने यो संवैधानिक अधिकारमा कुनै सर्त बन्देज रहेको नपाइने । संविधान देशको मूल कानून रहेको र संविधानमा नै भएको स्पष्ट व्यवस्थामा कुनै सर्त बन्देज नरहेको अवस्थामा संविधान बाहिरका व्यवस्था र तर्कको आधारमा संविधानमाथि सीमा निर्धारण गरिनुपर्दछ भन्ने जिकिरलाई संविधानसम्मत मान्न नसकिने । संविधानमा भइरहेको व्यवस्थामा सर्तको कल्पना गर्दा त्यसको खोजी संविधानभित्रबाटै गरिनुपर्ने । यदि संविधानको व्यवस्थामा कुनै सर्त नराखिएको अवस्थामा सर्त वा सीमाको खोजी गर्ने हो भने संविधान संशोधन गरी खोजिएको सर्त र सीमा संविधानभित्र राखिनुपर्ने । ९प्रकरण नं। ४५० निवेदकका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराजकुमार भण्डारी तथा विद्वान् अधिवक्ताद्वय श्री ईन्द्रबहादुर अधिकारी र राजु कटवाल विपक्षीका तर्फबाटस् विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री प्रकाश के।सी। तथा विद्वान् अधिवक्ताहरू डा। भीमार्जुन आचार्य, श्री धिरेन्द्रकुमार मल्लिक र पवनकुमार जैसवाल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11098 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11098 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
