(१) औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा २ (क) को देहाय ५ अन्तर्गत पर्ने हुँदा उक्त ऐनको दफा ९ (ख) ले १० बर्षसम्म आयकर छुट पाउनु पर्ने देखिन्छ । औद्योगिक व्यवसाय ऐन, ०३० को दफा १४ (२) नं.यो ऐन प्रारम्भ हुँदाको बखत कुनै पनि सुविधा वा सहुलियत उपभोग गर्न नपाएको भए यस…
(१) बकपत्र गराउँदा मानिस सनाखत गराउने कुरा ऐनले मिल्ने देखिँदैन । बकपत्रकै सिलसिलामा अदालतबाट मानिस देखाएकोले चिनें भनेका कुरा अ.बं.१७३ नं.विपरीत कानूनी प्रकृया बाहिरको हुँदा त्यसलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३)
(१) कुनै काम गर्न आँटेको थियो भनी कारण खुलाउन परेन तापनि देहायको कुरामा कुन तरहले विरोध परेको थियो सो कुरा व्यक्त गरिदिएको भए पूर्वाधार देखिन्थ्यो र अपराधको चेष्टा गरेको रहेछ भनी व्यक्तिगत स्वतन्त्रताबाट बञ्चित गर्न सकिन्थ्यो । संविधानले नै स्थापित व्यक्तिगत स…
(१) जुन जुन कुरामा पुनरावेदन तहबाट निर्णय भई सकेको छ, त्यसलाई फेरि यो असाधारण अधिकार क्षेत्रबाट दोहराई हेर्ने अवस्थाको स्थिति देखिन आउँदैन । त्यस कारण प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १५)
(१) निवेदकले सुखाजर्ता परेको तथ्य भू.सं.ऐन, ०२१ को दफा ३५ अनुसार जग्गाधनीलाई जानकारी दिएको कुराको तथ्य प्रमाण पेश गर्न नसकेको उब्जा अनुसारको कूत पनि नबुझाएको र गा.पं.मा धरौट पनि नराखेको र लिखितजवाफवाला ज.ध.ले सुखा जर्ती तर्फ कुनै निवेदन नदिएको भन्ने लिखितजवाफ…
(१) अनुमति दिएको कुरामा मात्र सीमित रहन पर्ने भन्ने कुरा ऐनमा कतै लेखिएको नुहनुको साथै अनुमति दिन सकिने प्रश्नमा आधारसँग सम्बन्धित कुरामा बोल्न ऐनले सर्वोच्च अदालतलाई निर्दिष्ट गरेको पाइने । (प्रकरण नं. २०) (२) दुईपक्षले आपसमा गरेको करारमा निजहरुले विवाद नउठाए…
(१) फिल्डबुकमा समेत आफ्नो हक देखाई नापी गराएको मितिबाट प्रतिवादीले जग्गामा हक कायम गरी जग्गामा हात हालेको हुने हुँदा वादीको जग्गा समेत घुसाई आफ्नो नाउँमा नापी गराएको भए सो नापी गराएको मितिबाट २ बर्ष भित्र असर पर्ने पक्षले तत्कालिन ज.मि.को १८ नं.बमोजिम फिराद गर…
(१) न्यायोचित अनुमान गर्नलाई आय कर ऐनको दफा ३३ (२) को अनुरुपको व्यहोरा देखिनु पर्ने कानूनी व्यवस्था हो, त्यस्तो गरेको छ भन्ने मिसिल प्रमाणबाट नदेखिएको हुँदा उक्त ऐनको विपरीत आय निर्धारण गरी कर लाग्ने गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ। कानून ब…
(१) मोहीको मृत्यु भए पछि निजको मोहियानी हक कसलाई प्राप्त हुने भन्ने विषयमा भू.सं.ऐन, २०२१ को दफा २६ (१) मा व्यवस्था गरेको पाइन्छ । जग्गाधनीले निजको पत्नी अथवा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुने अवस्था छ, मोहियानी हक अपुतालीब…
(१) कुनै पनि पक्षको हितमा असर पर्ने गरी कुनै निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका कानूनले प्रदान गरेकोमा आफ्ना कुरा भन्न पाउने समयावधी बाँकी छँदै निर्णय गर्नु कानून विपरीत हुन जान्छ भन्ने कुरा कुनै पनि न्यायको आसनमा बस्ने व्यक्तिमा हुनु पर्ने सामान्य…
(१) भूमिसुधार अधिकारीले विवादास्पद जग्गाको सम्बन्धमा निर्णय गर्दा केवल फिल्डबुक र भरपाईको आधार लिएको देखिन्छ । त्यस किसिमको प्रमाणलाई कानून बमोजिमको आधार हो भन्न मिल्ने नदेखिने, भूमिसम्बन्धि ऐन तथा भूमिसम्बन्धी नियमहरुले मोहियानी हक प्राप्तिको लागि एक निश्चित…
(१) जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार पत्नी छोरा मध्येमा एकजनालाई रोजे पछि मात्र मोहियानी हक प्राप्त हुन्छ । त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णयलाई बदर गर्ने ठहराएको ०३८।३।२१।१ को निर्ण…
(१) २०२३ सालमा जन्मेको हरेन्द्रकुमार २०२० सालमा थुनामा परेकाको विर्यबाट जन्मेको छोरा हो भन्ने सरासर झुठ्ठा कुराको जिकिर लिएको देखिने । (प्रकरण नं. १७) (२) हाम्रो जस्तो हिन्दु समाजमा पवित्रताको दृष्टिबाट आफ्नो आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी…
(१) वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नु पर्ने हो । त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरुद्ध लाग्ने। (प्रकरण नं. ४७)
(१) गलत लिखत तयार गर्ने गलत अनुवाद गर्ने कारणीलाई प्रयोग हुने ऐनको दफा ९ प्रयोग गरी निवेदकलाई नोकरीबाट समेत हटाउने (बर्खास्त) गरेको विपक्षी कोशी अञ्चलाधीश तथा पुनरावेदनको निर्णय गर्ने श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयद्वारा भए गरिएका निर्णय तथा कारवाई समेत…
(१) अंश मिसाईएको सगोलमा बसेको रजिष्ट्रेशनको १ नं.अनुसार रजिष्ट्रेशन पास भएको लिखत बेगर मर्ने वादी वा प्रतिवादीसँग एकासगोलमा बसेको रहेछ भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७) (२) कानूनी व्यवस्था अनुसार स्वर्गीय (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालीको हकदा…
(१) सर्जमिन हुँदा देखें चिनें भन्न नसकेको अदालतमा बकपत्र गर्दा देखें चिनें भने तापनि मौकैमा सर्जमिनमा यी व्यक्तिहरुले डाँका वारदातको अवस्थामा देखें चिनें भन्न नसकेकोले त्यस्तो बयान पनि भरपर्दो नदेखिने । (प्रकरण नं. २२)
(१) ठगीमा कारवाही उठाई कागजगराउने अधिकार अञ्चलाधीशलाई कानूनले दिएको देखिन्न। फलानो कानूनको अधिकार प्रयोग गरी उक्त कागज भएको भन्ने बागमती अञ्चलाधीश कार्यालयको लिखितजवाफबाट देखिन्न । (प्रकरण नं. ११) (२) अधिकारविहिन बागमती अञ्चलाधीश कार्यालयबाट उक्त कागज गराएकोले…
(१) यदी पक्ष विपक्ष बीचमा रीतपूर्वकको कबुलियत भएको छ र त्यसको कानूनी अस्तित्व सुन्य भएको छैन भने त्यो लिखतले कानूनी मान्यता पाउने स्पष्ट छ । अतः नातामा जेठाजु पर्ने त्यसमा पनि एउटा घरमा बसोबास गरी आएको अवस्थामा भएको लिखतको आधारमा मोही कायम गर्न नमिल्ने भनी गरे…
(१) फिल्डबुक उतार र बयानबाट विवादित जग्गाको जग्गाधनी दुई वा दुई भन्दा बढी व्यक्तिहरु देखिएपछि ति व्यक्ति र जो बुझ्नु पर्ने प्रमाण समेत बुझी जसको प्रमाण बलियो देखिन्छ, उसको नाउँमा जग्गा अस्थायी दर्ता गर्नु पर्ने जग्गा नापजाँच ऐन (तेश्रो संशोधन) ०३३ को दफा ६ को…
(१) विवरण मध्ये दर्खास्तमा जग्गाको कुनै एका कुरा फरक पर्दैमा कित्ता नं.र क्षेत्रफल मिलेको जग्गा छोडेको हैन भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) अधिकारप्राप्त अधिकारीले कानून अनुरुप गरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११)
(१) अधिकार प्राप्त अधिकारीको निर्णयले कसैको हक अधिकारमा प्रतिकुल असर पारेको छ र त्यस्तो अधिकार प्राप्त सक्षम निकायबाट भएको निर्णय सम्बन्धित व्यक्तिलाई मौकैमा थाहा छ र त्यस्तो व्यक्तिले प्रचलित कानून बमोजिम उजुर गरी उक्त निर्णयलाई बदर वातिल गराएको छैन भने उक्त…
(१) अदालतको फैसलाले समेत वादी दावी हक स्थापित भई भोग चलन गरी रहेको वादी दावीका जग्गाको बाली लुटपिट गरेको होईन भनी तथ्ययुक्त सबूत प्रमाण समेत प्रतिवादीहरुबाट गुज्रन आएको नदेखिनुका साथै सो वादी दावीका जग्गाको बाली प्रतिवादी समेत भई लुटपिट गरेको हो भनी वादीको साक…
(१) विवादको जग्गा प्रेमबहादुरका नाउँमा दर्ता भएको निजले तिरो तिरान गरी राखेको जग्गा निजले राजीनामा गरी दिएको देखिन आएकोले सो विवादको जग्गामा वादीको अ.बं.८२ नं.बमोजिम हकदैया लाग्न नसक्ने देखिनाले वादी दावी लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेक…