नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1540 · वि.सं. २०३९
नि.नं. 1540 — जग्गा बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंश मिसाईएको सगोलमा बसेको रजिष्ट्रेशनको १ नं.अनुसार रजिष्ट्रेशन पास भएको लिखत बेगर मर्ने वादी वा प्रतिवादीसँग एकासगोलमा बसेको रहेछ भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७) (२) कानूनी व्यवस्था अनुसार स्वर्गीय (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालीको हकदार पुनरावेदक वादी देखिन आएको हुनाले प्रतिवादीको जिकिर पुग्न सक्दैन । मृतक (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालिको हकदार पुनरावेदक ठहराई छिनेको कोशी अञ्चल अदालत धरानको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1540 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली |
| निर्णय वर्ष / मिति | 2039/02/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1540 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
