नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1534 · वि.सं. २०३९
नि.नं. 1534 — बाली हक बेहक
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकार प्राप्त अधिकारीको निर्णयले कसैको हक अधिकारमा प्रतिकुल असर पारेको छ र त्यस्तो अधिकार प्राप्त सक्षम निकायबाट भएको निर्णय सम्बन्धित व्यक्तिलाई मौकैमा थाहा छ र त्यस्तो व्यक्तिले प्रचलित कानून बमोजिम उजुर गरी उक्त निर्णयलाई बदर वातिल गराएको छैन भने उक्त निर्णयलाई स्वीकार गरेको मान्न पर्ने स्थिति हुन्छ । (प्रकरण नं. १९) (२) निवेदकले प्रतिवाद गरी पैरवी तारेखमा बसेको र पछि तारेख छोडेको नाताबाट त्यस्तो मुद्दाको जानकारी निज वादीलाई छैन भन्न न्यायसंगत नदेखिने । (प्रकरण नं. २१) (३) अनुपस्थितिमा हारजित गराई त्यसबाट हक गएको रहेछ भने उक्त निर्णय थाहा पाएपछि कानूनबमोजिम उजुर गरी आफ्नो हक कायम गरी लिनु पर्ने । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1534 |
|---|---|
| मुद्दाको विषय | बाली हक बेहक |
| निर्णय वर्ष / मिति | 2039/02/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1534 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
